सुचना तथा प्रशारण विभाग दर्ता नं.: ८५७/०७५/७६

गोरखामा दक्षिण एसियाकै ठुलो समीको रुख

दक्षिण एसियाकै ठुलो समीको रुख गोरखाको गण्डकी गाउँपालिका वडा नं ३ फुजेलमा भेटिएको छ । फुजेलमा रहेको समीको रुख दक्षिण एसियाकै ठुलो भएको अनुमान गरिएको हो । फुजेलको याग्दीमा रहेको उक्त रुखलाई स्थानीयले आफ्नै पहलमा संरक्षण गरेका छन् ।

यति ठुलो र धेरै क्षेत्रफलमा फैलिएको समीको रुख अन्त कतै नभेटिएकाले यो रुख नै दक्षिण एसियाकै सबै भन्दा ठुलो रुखमा पर्ने स्थानियहरुको दावी छ । अहिले रुखको संरक्षण र प्रबद्र्धनको लागि स्थानियहरु लागि परका छन् ।

फुजेल पुग्ने जो कोही मानिस पनि यो रुख देखेर अचम्ममा पर्ने गरेका छन् । अहिले उक्त समीको रुख हेर्ने मानिसहरुको भिड लाग्ने गरेको छ । यहाँ आउने जो कोही मानिस पनि सो रुखको फोटो खिच्न लालायित हुने गरेका छन् ।

हेर्दा अनौठो लाग्ने सो रुखको संरक्षण र पर्यटकलाई आकर्षित गर्न भन्दै स्थानियहरुले पहल समेत सुरु गरेका छन् । स्थानियले रुखको वरिपरी जनश्रमदानमा काँडेतार लागाउनुको साथै शौचालय र पिउने पानीको समेत व्यवस्था गरेका छन् ।

करिब ३०० वर्ष पुरानो अनुमान गरिएको उक्त रुखलाई धार्मिक दृष्टिकोणबाट पनि निकै महत्वपुर्ण मान्ने गरिएको पाईन्छ । रुखको फेदमा सत्यदेवीको मन्दिर रहेकाले पनि यसलाई धार्मिक रुपले पनि महत्वपुर्ण मानिएको हो । उक्त रुखको संरक्षणको लागि ट्रेकिङ एजेन्सिज एसोसिएसन अफ नेपाल (टान)ले समेत आर्थिक सहयोग गरेको छ ।

फेसबुकबाट कमेन्ट गर्नुहोस्