सुचना तथा प्रशारण विभाग दर्ता नं.: ८५७/०७५/७६
SMS ADS

सरकार बिरुद्ध व्यापक आन्दोलनको तयारीमा कांग्रेस

प्रमुख प्रतिपक्ष दल नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवाले १० दिन लामो महासमिति बैठकको अन्त्यमा आफ्ना कार्यकर्तालाई सरकारविरुद्धको आन्दोलनका लागी तयारीमा जुट्न निर्देशन दिएका छन् । पुस १६ गते राष्ट्रिय मेलमिलाप दिवसको अवसर पारेर आन्दोलनको कार्यक्रम घोषणा गर्ने कांग्रेसको तयारी छ ।

सरकारले निरंकुशता लाद्न खोजेको भन्दै उनले पार्टीभित्रका असहमति थाति राखेर सरकारविरुद्ध लड्नुपर्ने बताएका छन् । १० दिन लामो महासमिति बैठकको समापन समारोहलाई सम्बोधन गर्दै देउवाले भने–‘ओली सरकार आज बद्मासी गर्दैछ, निरंकुशता लाद्न खोजिरहेको छ । यसको विरुद्धमा आन्दालेन गर्ने दिन आउँदैछ, सब साथीहरु तयार हुनुपर्छ ।’

नेकपा स्थायी कमिटीमा भएको बहसतर्फ संकेत गर्दै उनले अघि भने–‘आफ्ना पार्टीका मान्छेहरुलाई त दुःख दिइरहेका छन् भने अरुलाई के गर्ला ? कार्यक्रममा वरिष्ठ नेता रामचन्द्र पौडेलले महासमिति बैठकबाट काँग्रेस एकतावद्ध भएको दावी गरे ।

मंसिर २९ गतेबाट सुरु भएर आइतबार सकिएको महासमिति बैठकले विधान पारित गरेको छ, जसअनुसार अब १४ पदाधिकारी हुनेछन । सभापति, दुई उपसभापति, दुई महामन्त्री र ८ सहमहामन्त्री महाधिवेशनबाट चुनिनेछन् भने कोषाध्यक्ष मनोनित हुनेछ ।

फेसबुकबाट कमेन्ट गर्नुहोस्

Nepal Life insurance
SMS ADS