सुचना तथा प्रशारण विभाग दर्ता नं.: ८५७/०७५/७६

सरकार बिरुद्ध व्यापक आन्दोलनको तयारीमा कांग्रेस

प्रमुख प्रतिपक्ष दल नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवाले १० दिन लामो महासमिति बैठकको अन्त्यमा आफ्ना कार्यकर्तालाई सरकारविरुद्धको आन्दोलनका लागी तयारीमा जुट्न निर्देशन दिएका छन् । पुस १६ गते राष्ट्रिय मेलमिलाप दिवसको अवसर पारेर आन्दोलनको कार्यक्रम घोषणा गर्ने कांग्रेसको तयारी छ ।

सरकारले निरंकुशता लाद्न खोजेको भन्दै उनले पार्टीभित्रका असहमति थाति राखेर सरकारविरुद्ध लड्नुपर्ने बताएका छन् । १० दिन लामो महासमिति बैठकको समापन समारोहलाई सम्बोधन गर्दै देउवाले भने–‘ओली सरकार आज बद्मासी गर्दैछ, निरंकुशता लाद्न खोजिरहेको छ । यसको विरुद्धमा आन्दालेन गर्ने दिन आउँदैछ, सब साथीहरु तयार हुनुपर्छ ।’

नेकपा स्थायी कमिटीमा भएको बहसतर्फ संकेत गर्दै उनले अघि भने–‘आफ्ना पार्टीका मान्छेहरुलाई त दुःख दिइरहेका छन् भने अरुलाई के गर्ला ? कार्यक्रममा वरिष्ठ नेता रामचन्द्र पौडेलले महासमिति बैठकबाट काँग्रेस एकतावद्ध भएको दावी गरे ।

मंसिर २९ गतेबाट सुरु भएर आइतबार सकिएको महासमिति बैठकले विधान पारित गरेको छ, जसअनुसार अब १४ पदाधिकारी हुनेछन । सभापति, दुई उपसभापति, दुई महामन्त्री र ८ सहमहामन्त्री महाधिवेशनबाट चुनिनेछन् भने कोषाध्यक्ष मनोनित हुनेछ ।

फेसबुकबाट कमेन्ट गर्नुहोस्