परपुरुषसँग बिहे गर्न आफ्नै छोराको बिष खुवाई हत्या
आमा ममताको खानी हुन् । सन्तानको खातिर एक आमाले कतिसम्म त्याग गर्न सक्छीन् भन्ने उदाहरण हाम्रै टोल समाजमा प्रसस्त देख्न सकिन्छ । तर सल्यानमा एक आमाले आफ्नै छोरालाई विष खुवाएर हत्या गरेकी छन् । त्यो पनि एक अञ्जान पुरुषसँग अविवाहित भएको देखाउनलाई ।
सल्यानको छत्रेश्वरी गाउँपालिका ४ हारिचार निवासी १९ वर्षकीे एलिशा खत्रीले ४ वर्षका छोरालाई घरमै विष खुवाएर हत्या गरेको प्रहरीले जनाएको छ । आफना श्रीमान संगको सम्बन्ध राम्रो नभएपछि अर्का एक अपरचित व्यक्तिसंग निरन्तर फोन सम्र्पक हुन थाल्यो ।
तिनै व्यक्तिका अगाडि आफु अबिबाहित बन्न छोरा समीरलाई एलिशाले गत पुस २८ गते सल्फास नामको विषादी खुवाएर हत्या गरेको जिल्ला प्रहरी कार्यालय सल्यानका प्रमुख बिरेन्द्र बहादुर शाहीले जानकारी दिएका छन् ।
![](https://everestwall.com/wp-content/uploads/2016/09/death-sample.jpg)
बालक समिरले बान्ता गर्न थालेपछि धामीलाई बोलाएको र धामीले नै तुरुन्त अस्पताल पुराउन सुझाब दिएपछि श्रीनगरको अधिकारी पोलिक्लिनिकमा उनी र उनका ससुराले लगेर गएका थिए । अस्पताल ल्याउन बितिक्कै डाक्टरले बालकलाई मृत घोषणा गरेका थिए ।
त्यसपछि बालकलाई गाउँमा ल्याई दाहसंस्कार गरिएको थियो । बालकलाई अस्पतालबाट घर लिई दाहसंस्कार गरेको साँझ सोही घरमा बास बसेका एकजना पाहुनाले कोठामा सुत्ने क्रममा सेल्फास नामक बिषको कागज देखेपछि उनले प्रहरीलाई खबर गरेका थिए ।
प्रहरीले घटना शंकास्पद रहेको जानकारी पाएपछि अनुसन्धान सुरु गरेको थियो । एलिशाका श्रीमान भारतमा ज्याला मजदुरी गर्ने भएकोले श्रीमान भारत गएको एक साता नबित्दै बालकलाई विष सेवन गराएकी थिइन् ।
प्रहरीसँगको बयानमा एलिशाले श्रीमानसंग आफ्नो सम्बन्ध राम्रो नभएको, श्रीमानले आफूलाई कुटपीट गर्नुका साथै अर्को विहे गर्ने भन्दै धम्की दिएको प्रहरी सामु बताएकी थिईन । एलिशाले कर्तव्य गरी छोरालाई मारेको देखिन आएको भन्दै प्रहरीले माघ २२ गते जिल्ला अदालत सल्यानमा मुद्दा पेश गरेको छ ।
फेसबुकबाट कमेन्ट गर्नुहोस्