जनताको दशकौँको सपना पुरा हुँदैछः प्रधानमन्त्री
प्रधानमन्त्री केपी शर्मा ओलीले नेपालीको दशकौं देखिको विकास र समृद्धिको चाहना पूरा हुने विन्दुमा आइपुगेको बताएका छन् । ६९ औं प्रजातन्त्र दिवसका अवसरमा मंगलबार शुभकामना सन्देश जारी गर्दै प्रधानमन्त्री ओलीले यस्तो दाबी गरेका हुन् ।
![](https://everestwall.com/wp-content/uploads/2016/07/kp-oli-priminister-of-nepal.jpg)
उनले वर्तमान सरकार समृद्ध नेपाल, सुखी नेपालीको लक्ष्यका साथ आर्थिक एवं सामाजिक रुपान्तरणका लागि केन्द्रित भएको बताएका छन् । सन्देशमा भनिएको छ–‘निरङ्कुशतन्त्र र अधिनायकवादलाई परास्त गर्दै हामी अब गरिबी, वेरोजगारी, पछ्यौटेपन, विभेद र अविकासकाविरुद्ध केन्द्रित भएका छौं । हामी आर्थिक विकास र सामाजिक न्यायसहितको परिपूर्ण लोकतन्त्रको दिशामा अग्रसर छौं ।’
वि.स.२००७ साल फागुनमा आजकै दिन जहाँनिया राणा शासनको अन्त्य भएको स्मरण गर्दै उनले प्रजातन्त्र प्राप्तिको लागी शहादत प्राप्त गर्ने सबैमा श्रद्धाञ्जलि व्यक्त गरेका छन् । जनताको त्यही बलिदानका कारण देश अहिले नयाँ प्रणाली, नयाँ परिपाटी र नयाँ संविधानको अभ्यासमा रहेको प्रधानमन्त्री ओलीको भनाइ छ ।
फेसबुकबाट कमेन्ट गर्नुहोस्