सुचना तथा प्रशारण विभाग दर्ता नं.: ८५७/०७५/७६

परराष्ट्रमन्त्री प्रदिप ज्ञवाली किन आउँदै छन जापान ?

परराष्ट्रमन्त्री प्रदीपकुमार ज्ञवाली आज जापान आउँदै छन् । मन्त्री ज्ञवाली जापानी परराष्ट्रमन्त्री तारो कोनोको निमन्त्रणामा मङ्सिर १ अर्थात् आज शनिबार जापान आउन लागेका हुन् ।

जापानबाट फर्किने क्रममा ज्ञवालीले मङ्सिर ६ र ७ गते थाइल्याण्डको भ्रमण पनि गर्ने कार्यक्रम रहेको परराष्ट्र मन्त्रालयले जनाएको छ । मन्त्री ज्ञवालीसँगै पत्नी सरस्वती ज्ञवाली पनि जापान आउँदै छिन् ।

मङ्सिर ३ गते नेपाल र जापानबीच मन्त्रीद्वयको नेतृत्वमा प्रतिनिधिमण्डल स्तरीय वार्ता हुनेछ । दुवै देशका परराष्ट्रमन्त्रीको उपस्थितिमा जापान सरकारबाट नेपाललाई प्राप्त हुने खाद्य सहायता सम्बन्धी हस्ताक्षर हुनेछ ।

मन्त्री ज्ञवालीले जापानका कृषि तथा वनमन्त्री ताकामोरी योसिकावाका साथै अन्य राजनीतिक नेतृत्वसँग बेग्लाबेग्लै भेटवार्ता गर्ने कार्यक्रम रहेको छ । नेपाल लगानी कार्यशालालाई उनले प्रमुख वक्ताका रुपमा सम्बोधन गर्नेछन् भने जापानमा रहेका नेपालीसँग छलफल गर्नेछन् ।

मन्त्री ज्ञवाली नेतृत्वको प्रतिनिधिमण्डलमा जापानका लागि नेपाली राजदूत प्रतिभा राणा, अर्थ र परराष्ट्र मन्त्रालय तथा लगानी बोर्डका उच्च अधिकारी छन् । मन्त्री ज्ञवाली मङ्सिर ७ गते शुक्रबार स्वदेश फर्किने कार्यक्रम तय भएको छ ।

फेसबुकबाट कमेन्ट गर्नुहोस्