सुचना तथा प्रशारण विभाग दर्ता नं.: ८५७/०७५/७६
SMS ADS

‘लुट कान्छा लुट’ गित जनताले रुचाएनन्ः ओली

प्रधानमन्त्री केपी शर्मा ओलीले गायक पशुपति शर्माको गीत युट्युबबाट हटाइएको बारे पहिलो पटक प्रतिक्रिया दिएका छन् । बुधबार बिहान सुदूरपश्चिम प्रदेश सभालाई सम्बोधन गर्दै प्रधानमन्त्री ओलीले जनताले नरूचाएपछि गायक शर्माले नै त्यो गीत युट्युबाट हटाएको दाबी गरेका छन् ।

‘हामी नचाहिने कुरामा उत्ताउलो हुन्छौं । एउटाले भुलचुकमा गीत बनायो रे कता हो कता । लुट, लुट । गरी खाएर केही काम लाग्दैन । लुटेर खा भाइ लुटेर खा भनेर गीत बनाएछन्,’ प्रधानमन्त्रीले भने, ‘जनताले तिम्रो गीत मन पराएनौं भनेपछि युट्युबबाट हटाएछन् ।’

फाईल तस्विर

उनले गायकलाई २५ हजार पुरस्कार दिने घोषणा गरेका कांग्रेस सांसद अमरेशकुमार सिंहप्रति पनि कटाक्ष गरे । प्रधानमन्त्रीले भने–‘त्यस्तो राम्रो लुटेर खान सिकाउने गीत नेपालीलाई सुहाउँदो, किन हटाएको भनेर राख्नुपर्छ भनेछन् । हाम्रो त बाटै त्यही २५ हजार पुरस्कार दिन्छु भनछन् । मलाई अचम्म लाग्छ, हामी कता जान खोज्दैछौं ।’

उनले सरकारले यो गीत युट्युबबाट हटाउनेबारे केही नभनेको बताएका छन् । उनले भनेका छन्–‘त्यो गीतमा सरकारले केही भनेको छैन । सरकारको भनाइ सुबाटोमा हिँडौँ भन्नेमात्र हो ।’

यसअघि सत्तारूढ दलको भातृ संगठन युवा संघका नेताले गायक शर्माको ‘लुट्न सके लुट‘’ भन्ने गीत युट्युबबाट हटाउन चेतावनी भनेका थिए । राजनीतिक सुझाव आएकाले आफूले गीत हटाएको शर्माले बताएका थिए ।

फेसबुकबाट कमेन्ट गर्नुहोस्

Nepal Life insurance
SMS ADS