सुचना तथा प्रशारण विभाग दर्ता नं.: ८५७/०७५/७६

पाश्नी भोजमा बिजुली चोर्न खोज्दा २ जनाको मृत्यु

महोत्तरीमा हुकिङ गरेर बिजुली चोर्न खोज्दा करेन्ट लागेर दुई जनाको मृत्यु भएको छ । लोहारपट्टी नगरपालिका वडा नं. २ सुखैनियामा करेन्ट लागेर लोहरपट्टी नगरपालिका ३ रमदैया बस्ने ३० वर्षीय भरत यादव र २५ वर्षीय राम ईश्वर यादवको मृत्यु भएको हो ।

बिहीबार राति करेन्ट लागेर घाइते भएका उनीहरुको अञ्चल अस्पताल जनकपुरमा उपचारको क्रममा मृत्यु भएको एसपी इश्वर कार्कीले जानकारी दिएका छन् । एसपी कार्कीका अनुसार लोहारपट्टी नगरपालिका वडा नं.२ सुखैनियास्थित सकल मुखिया बिनको घरमा पास्नीको भोजमा बाजा बजाउनका लागि हुकिङ गरेर बिजुली चोर्न खोज्दा उनीहरुलाई करेन्ट लागेको थियो ।

घटनाको थप अनुसन्धान भैरहेको जिल्ला प्रहरी कार्यालय महोत्तरीका डिएसपी खगेन्द्र खड्काले जानकारी दिएका छन् । हुकिङ गरेर बिजुली प्रयोग गर्नु गैरकानुनी मानिन्छ ।

तर, यही फागुन ८ गते कैलालीको धनगढीमा सरकारको नेतृत्वकर्ता दल नेकपाका कार्यकर्ताहरुको प्रशिक्षण कार्यक्रममा पनि बिजुली हुकिङ गरेर प्रयोग गरिएको थियो । त्यही कार्यक्रममा प्रधानमन्त्री एवम् नेकपा अध्यक्ष केपी शर्मा ओलीले कार्यकर्ताहरुलाई प्रशिक्षण दिएका थिए ।

फेसबुकबाट कमेन्ट गर्नुहोस्