सुचना तथा प्रशारण विभाग दर्ता नं.: ८५७/०७५/७६
SMS ADS

एसईई परिक्षा दिएर फर्किएका कमल त्रिशुलीमा बेपत्ता

माध्यमिक शिक्षा परीक्षा (एसईई) दिएर नदीमा पौडी खेल्न गएका एक विद्यार्थी त्रिशूली नदीमा डुबेर बेपत्ता भएका छन् । गोरखाको गण्डकी गाउँपालिका ६ को भद्रकाली माध्यमिक विद्यालयबाट एसईई परीक्षामा सहभागी भएका वनटार निवासी १७ वर्षीय कमलबहादुर चेपाङ सोमबार दिउँसो त्रिशूली नदीमा डुबेर बेपत्ता भएका हुन् ।

उनको परीक्षाकेन्द्र गण्डकी गाउँपालिका ७ घ्याल्चोकको ज्ञानमार्ग मावि थियो । विद्यालय नजिकै डेरा गरेर बसेका चेपाङ परीक्षा केन्द्रबाट सोमबारको अनिवार्य नेपाली विषयमा परीक्षा सकेपछि किनमेलका लागि भन्दै साथीसँग धादिङको चरौंदी बजार हिँडेका साथीलाई उद्धृत गर्दै स्थानीय दीपक तिमिल्सिनाले जानकारी दिएका छन् ।

दिउँसो पौडी खेल्न नदीमा पसेका उनी दिउँसो साढे १ बजेतिर बेनिघाट रोराङ ७ स्थित त्रिशुली नदी किनारबाट बेपत्ता भएको स्थानीय शिक्षिका भक्ति चेपाङले जानकारी दिइन् । प्रहरी, स्थानीय बासिन्दा र आफन्तले साँझसम्म खोजतलास गर्दा पनि बेपत्ता चेपाङलाई पत्ता लगाउन नसकिएको उनले बताइन् ।

फेसबुकबाट कमेन्ट गर्नुहोस्

Nepal Life insurance
SMS ADS