सुचना तथा प्रशारण विभाग दर्ता नं.: ८५७/०७५/७६
SMS ADS

विश्वको सर्बोच्च स्थानबाट रेडियो एभरेष्टको रेकर्ड

विश्वको सर्वोच्च स्थानबाट रेडियो एभरेष्ट प्रशारण सुरु गरिएको छ । सर्वोच्च शिखर सगरमाथा रहेको सोलुखुम्बु जिल्लाको पिके डाँडाबाट ९८.१ मेगाहर्जमा सो परीक्षण प्रसारण आरम्भ भएको हो ।

यसअघि गिनिज बुक अफ वर्ल्ड रेकर्डमा छिमेकी मुलुक भारतको लद्दाकमा तीन हजार सात सय मिटर उचाईमा रहेको रेडियो नै विश्वको सबैभन्दा अग्लो स्थानबाट प्रशारित रेडियोको अभिलेखमा छ ।

समुद्री सतहदेखि चार हजार चार सय मिटरको उचाइबाट प्रसारण सुरु गरिएको रेडियोले विश्व रेकर्ड कायम गर्ने सञ्चालकको दाबी छ । सोलुखुम्बुको पर्यटकीय क्षेत्र पिकेडाँडाबाट प्रसारण आरम्भ गरेको पिके सञ्चार प्रालिका अध्यक्ष पासाङ बोम्बु शेर्पाले जानकारी दिएका छन ।

शेर्पाले हिमाली पर्यटनको प्रवद्र्धनका लागि विश्वकै अग्लो स्थानबाट रेडियो प्रसारण शुरु गरिएको बताएका छन । गिनिज बुक अफ वर्ल्ड रेकर्डमा नाम लेखाउने तयारी भइरहेको उनले जानकारी दिएका छन ।

सूचना तथा सञ्चार मन्त्रालयबाट एक हजार वाट क्षमताको प्रसारण ईजाजत लिएको रेडियोले अहिले सदरमुकाम सल्लेरीमा स्टुडियो राखेर ताररहित पद्धतिबाट पिके डाँडामा लिङ्क गरी प्रसारणको शुरुवात गरेको रेडियोका प्रबन्ध निर्देशक भानुभक्त निरौलाले जानकारी दिएका छन ।

परीक्षणको क्रममा सोलुखुम्बु, खोटाङ, ओखलढुंगा, उदयपुर, संखुवासभा, सिन्धुली, रामेछाप, दोलखा, काभ्रे, धनकुटा, भोजपुर, सिराहा, सप्तरी, बारा, पर्सा, रौतहट, धनुषा, महोत्तरी, सर्लाही, मोरङलगायतका २० जिल्लाबाट स्रोता प्रतिक्रिया प्राप्त गरिएको हिमाली सञ्चार लिमिटेडका अध्यक्ष निमा शेर्पाले बताएका छन ।

फेसबुकबाट कमेन्ट गर्नुहोस्

Nepal Life insurance
SMS ADS