सुचना तथा प्रशारण विभाग दर्ता नं.: ८५७/०७५/७६

पतिको ह*त्यारासँग पैसा असुल्ने श्रीमती पक्राउ

श्रीमानको ह*त्यारासँग घटना गुपचुप गर्न पैसा असुल गरेको आरोपमा भोजपुर प्रहरीले एक महिलालाई नियन्त्रणमा लिएको छ । ह*त्यारासँग पैसा लिएर घटना लुकाएको आरोपमा भोजपुर नगरपालिका–४, सिद्धेश्वर दाँवाकी मिना मिजार प्रहरीको फन्दामा परेकी हुन् ।

प्रहरीले घटनामा संलग्न भएको आरोपमा अन्य पाँच जनालाई नियन्त्रणमा लिएको छ । ०७४ माघ २७ गते स्थानीय पूर्णबहादुर सयललाई छिमेकी मोहनबहादुर रम्तेलले स्थानीय चम्पिरा खोलाको भिरबाट धेकेलेर ह*त्या गरेको प्रहरीको भनाइ छ ।

घटनापछि छिमेकी हरिबहादुर लम्सालले घटना गुपचुप राख्न अभियुक्तसँग ३ लाख रुपैयाँ मागेको बयानमा उल्लेख छ । केही समय पश्चात मृ*तकको श्रीमती मिनाले पनि मुख्य अभियुक्त रम्तेलसँग पैसा मागेको खुलेको डीएसपी नरबहादुर सलामी मगरले बताएका छन् ।

Mina Mijar
पतिको ह*त्यारासँग घटना गुपचुप बनाउन पैसा लिने मिना मिजार । तस्विरः अन्नपुर्ण पोष्ट

घटनामा आरोपी स्थानीय मनकुमार मिजार, सन्तोष मिजार र बिष्णु बयलकोटीले श्रीमती मिनालाई ह*त्याराबाट पैसा दिलाउन सहयोग गरेका थिए । मुख्य अ*भियुक्त रम्तेलसँग मृ*तकका पत्नीले २ लाख रुपैयाँ नगद लिएको डीएसपी मगरको भनाइ छ ।

आफ्नै पतिको ह*त्याराबाट लिएको रकमले सदरमुकामस्थित एक सहकारी संस्थामा जम्मा गरेको खुलेको छ । सहकारीमा १ लाख ७० हजार र बाँकी ३० हजारको आफ्नी सासूलाई भैँसी किन्न दिएको मिनाले बयान दिएकी छन् ।

जिल्ला प्रहरीमा आएको बेनामे पत्रबाट अ*भियुक्तलाई पक्राउ गरिएको डीएसपी मगरले जानकारी दिएका छन् । बेनामे पत्रमा भिरबाट लडेर म*रेको भनिएका पूर्णबहादुर सयललाई छिमेकी मोहनबहादुर रम्तेलले धकेली ह*त्या गरेको भन्ने विवरण उल्लेख थियो ।

फेसबुकबाट कमेन्ट गर्नुहोस्