सुचना तथा प्रशारण विभाग दर्ता नं.: ८५७/०७५/७६

कर्णालीमा एनजीओ आउट, फेसबुक चलाउन नपाईने

कर्णाली प्रदेशका गैरसरकारी संस्था(एनजीओ) लाई नियमन गरिने भएको छ । प्रदेशका मुख्यमन्त्री महेन्द्रबहादुर शाहीले कर्णालीमा एनजीओलाई ‘आउट’ गर्ने घोषणा गरेका छन् । कर्णालीबासीलाई एनजीओले परनिर्भर बनाएको भन्दै उनले ‘आउट’ गर्ने घोषणा गरेका हुन् ।

उनले जनवादी शैलीमा नै एनजीओको गतिवधिलाई नियन्त्रण गर्ने बताएका छन । एनजीओ नजाँदा कर्णालीको उत्पादनले उनीहरुलाई पुग्ने गरेको बताउँदै मुख्यमन्त्री शाहीले भने, ‘एनजीओ नभएसम्म कर्णालीमा गरिबी थिएन, कसैले चाउचाउ खादैन थिए, कर्णाली कै उत्पादन खान पुग्थ्यो ।’

एनजीओले परनिर्भर बनाएको आरोप लगाउँदै उनले भने ‘एनजीओले चुलोदेखि ट्वाइलेट सम्म बनाइदिए ।’ उनले घरमा काम गर्ने मान्छेसम्म एनजीओले राखिदियोस भन्ने अवस्थामा कर्णालीबासी पुगेको बताएका छन ।

मुख्यमन्त्री शाहीले भने–‘खाद्यान्नदेखि हरेक कुरामा एनजीओले कर्णालीबासीलाई परनिर्भर बनायो, मान्छे त्यस्ता सम्म भएकी घरमा काम गर्ने मान्छेसम्म एनजीओ राखिदियोस र आफूले भने सिन्कोसम्म भाच्न नपरोस भन्ने सम्म परनिर्भर भए ।’

उनले कर्णाली प्रदेशका मन्त्रीहरुलाई एनजीओलाई नभेट्न आफुले निर्देशन गरेको बताए । मुख्यमन्त्री शाहीले प्रदेश सरकारको नियन्त्रणमा रहेर काम गर्न चाहने एनजीओलाई मात्रै काम गर्न पाउने बताएका छन ।

उनले भने–‘हामीले भनेको ठाउँमा काम गर्न चाहन्छ भने उनीहरुलाई काम गर्न दिइन्छ, हाम्रो भनेका अनुसार काम नगर्ने एनजीओलाई कर्णाली प्रदेशमा पूर्ण रुपमा रोक लगाइनेछ ।’

अहिले काम गरिरहेका एनजीओले पनि प्रदेश सरकारले भनेको ठाउँमा मात्र काम गर्न नगएमा प्रदेशबाट लखेटिने उनले बताएका छन । उनले अगाडी भने–‘हामीले भनेको ठाउँमा काम गर्छन् भने ठीकै छ, नत्र सबैलाई प्रदेशबाट हटाउँछौ ।’

मुख्यमन्त्री शाहीले एनजीओ–आइएनजीओले गरिब बनाएको कर्णाली प्रदेशलाई आत्मनिर्भर बनाउन योजना सरकारले बनाइरहेको बताएका छन । उनले एनजीओ र आएनजीओका कारण कर्णाली मुलुककै सबैभन्दा गरिब प्रदेश बनेको आरोप लगाएका छन ।

मुख्यमन्त्री शाहीले प्रदेश सरकारले कर्णाली आत्मनिर्भर बनाउने पहिलो घोषणा गरेको बताएका छन । मुख्यमन्त्री शाहीले रक्सी, बिस्कुट, चाउचाउ पेटीका पेटी जाने गरेको बताए । उनले कर्णालीमा अपार सम्भावना भएको बताउँदै त्यसको सदुपयोग गरेर आत्मनिर्भर बनाउने बताएका हुन ।

मुख्यमन्त्री शाही सामाजिक सञ्जाल फेसबुकले मानिसमा विकृति विसंगती भित्र्याएको भन्दै फेसबुक चलाउन पनि कर्णालीमा रोक लगाउने बताएका छन । उनले अगाडी भने–‘फेसबुकले मान्छेको काम गर्ने बानी छुटाएको छ, त्यसैले पनि कर्णालीमा फेसबुक बन्द गरिनेछ ।’

सामाजिक विकास मन्त्री दलबहादुर रावलले पनि कर्णाली प्रदेशमा एनजीओलाई नियमन गरिने बताएका छन । उनले भने–‘प्रतिबन्ध चाँही होइन, हामीले एनजीओलाई नियमन गर्ने तयारी गरिरहेका छौँ ।’ मन्त्री रावलले एनजीओलाई एकद्धार प्रणालीबाट सञ्चालन गर्ने बताए ।

फेसबुकबाट कमेन्ट गर्नुहोस्