रवि लामिछाने सहित् ३ जना थप ५ दिन थुनामा
सालीकराम पुडासैनि आत्मह*त्या दुरुत्साहन आरोपमा प*क्राउ परेका News24 टेलिभिजनका कार्यक्रम प्रस्तोता रवि लामिछाने सहित ३ जना थप ५ दिन चितवन प्रहरीको हिरासतमा बस्ने भएका छन् ।
यसअघि शुक्रबार प्रहरीले उनीहरुलाई अनुसन्धानका लागि हिरासतमा राख्न अनुमति दिनका लागि अदालत समक्ष पेस गरेको थियो । त्यतिबेला पनि ५ दिनको म्याद पायको थियो भने जसको म्याद सोमबार नै सकियको थियो ।
अनुसन्धान नसकियको भन्दै प्रहरिले लामिछाने सहित् तिनै जनालाई आज अदालत उपस्थित बनायको थियो । प्रहरिले १० दिनको म्याद थप्न अपिल गरेपनी जिल्ला अदालत चितवन ले यसलाई अस्विकार गर्दै जम्मा ५ दिनको म्याद थप गरेको स्रोतले जनायको छ ।
साउन २० गते नारायणगढको एक होटलमा झु*ण्डिएको अवस्थामा मृ*त फेला परेका सञ्चारकर्मी शालिकराम पुडासैनीलाई आत्मह*त्या गर्न बाध्य पारेको अभियोगमा उनीहरु बिहीबार राति काठमाडौंमा समातिएका थिए ।
फेसबुकबाट कमेन्ट गर्नुहोस्