जब होटलमा महिला र पुरुष मृ*त भेटिए
काठमाडौंको नयाँ बसपार्क स्थित मोरङ पर्वत गेस्ट हाउसमा एक जोडी महिला र पुरुष मृ*त अवस्थामा भेटिएका छन् ।
बसपार्कको मोरङ पर्वत गेस्ट हाउसको कोठा नं. १११ मा चितवनका ३७ वर्षीय यमबहादुर मगर र मकवानपुरकी ३० वर्षीया सबिता भनिने सबिना बजगाईं भयको महानगरीय प्रहरी वृत्त, महाराजगञ्जले पुष्टि गरेको छ ।
महानगरीय प्रहरी वृत्त, महाराजगञ्जले घटनास्थलको प्रारम्भिक मुचुल्का उठाएर अनुसन्धान थालेको छ । मृ*त अवस्थामा भेटियका दुबै जना कट्टु मात्र लगाएको अवस्थामा थिय । युवतीको शव खाटको तलपट्टी थियो भने युवकको खाटमाथि भेटिएको थियो । ‘कसरी मृ*त्यु भयो भन्ने बारे छानविन भइरहेको महानगरीय प्रहरी वृत्त, महाराजगञ्जले जानकारी दियको छ ।
होटल संचालकका अनुसार, उनीहरु राति ११ बजे होटलमा बस्न आयका थिए । विहान खान खान बोलाउँदा पनि ढोका खोलेका थिएनन् । दिउँसो १ बजेसम्म पनि ननीस्कियपछी प्रहरी बोलाएर होटलको ढोका खोल्दा नग्न अवस्थामा मृ*त भेटिएका थिए ।
घटनास्थल वरिपरि वि*ष वा अन्य कुनै पनि प्रकृतिका औषधि नभेटिएको दुवैको मृ*त्यु कसरी भयो भन्ने खुल्न सकेको छैन । परिवारलाई खबर गरेपछि त्रिवि शिक्षण अस्पताल, महाराजगञ्जमा दुवैको पोष्ट*मार्टम गरिनेछ ।
पुरुष र महिला दुवै विवाहित हुन् भने महिलाका श्रीमान् वैदेशिक रोजगारीका लागि खाडी मुलुकमा छन् ।
फेसबुकबाट कमेन्ट गर्नुहोस्