सुचना तथा प्रशारण विभाग दर्ता नं.: ८५७/०७५/७६
SMS ADS

कामना गर्छु काका–बालाई छिटो ठिक होस्ः शारदा

आज बुबाको मुख हेर्ने दिन, मनपर्ने भोजन खुवाउने अवसर, तर प्रधानमन्त्री केपी शर्मा ओलीकी भतिजी शारदालाई भने यस वर्ष यो सन्दर्भ जुरेन ।

काठमाडौंको चाबहिलस्थित सरस्वती नगरमा बस्दै आएकी शारदाले आफ्ना पिताको निधन भइसकेकाले प्रधानमन्त्री ओलीलाई नै पितासमान पुज्दै आएकी छन् । नाताको हिसाबले शारदाका जिजु–हजुरबुबा र प्रधानमन्त्री ओलीका हजुरबुवा दाजुभाइ हुन् ।

‘यसपालि झन् प्रधानमन्त्री क्वार्टर गएर सरप्राइज दिँदै मुख हेरौंला भन्ने थियो’, शारदाले मुख हेर्ने प्रक्रिया दृश्यजस्तै सोचेकी रहेछिन्, उनले भनिन्– ‘पहिला एउटा फुलको गुच्छा दिउँला, ह्याप्पी फादर्स डे भन्दै हग गरुँला, रमाइलो होला भन्ने सोचेकी थिएँ ।’

शारदालाई सरप्राइज दिन निकै मन पर्छ, पोहोर पनि सरप्राइज दिने सोच थिईन, तर तिज मनाउन प्रधानमन्त्री निवास बालुवाटार गएकी उनलाई काका–बाले ‘भोलि बुबाको मुख हेर्ने दिन, के ल्याउँछेस् बेटा’ भनेर सोधिदिए, मलाई धेरै मिठाई लिएर आइज नि भन्नुभयो ।

उनले भनिन्–‘मिठाई र ड्राइ फुड्स लिएर गएकी थिएँ, तर स्वास्थ्यका कारण खान नमिल्ने, मिठाई खुवाइदिएपछि आफै छानेर खान्छु भन्दै थोरै चाख्नुभएको थियो ।’

शारदाले भनिन्–‘उहाँलाई घिउ, खसीको मासु र भात एकदमै मन पर्छ । तर स्वास्थ्यले दिँदैन । अहिले उहाँले खाने भनेको सुख्खा रोटी, अण्डा, फलफूल जुस, ग्रिन टी नै हो । प्रधानमन्त्री क्वार्टरमा पनि उहाँको खानपान काकी आपैmले हेर्नुहुन्छ, भान्छा छोड्नुहुन्न । मेडिसिन जेठी सासुको छोरा राजेशले हेर्नुहुन्छ ।’

KP Oli with Sharada

शारदाका अनुसार प्रधानमन्त्री ओली खानेकुरा र स्वास्थ्यमा एकदमै सचेत छन्, बाहिरको खानेकुरा खाँदैनन् । उनले भनिन्–‘मैले मेरो प्रेजेन्ट खोइ भनेर सोधें, सिंगै बाउ छु के चाहियो बेटा भनेर हँँसी गर्नुभयो । अनि फोटो खिच्ने कार्यक्रम भयो ।’

शारदाले अगाडी सुनाईन–‘उहाँ सेल्फीको सौखिन हुनुहुन्छ । फोटो खिच्ने बेलामा बोल्नुहुँदैन राम्रो आउँदैन, सीधा हेरेर बस् भन्नुहुन्छ । सेल्फी खिच्न तँलाई आउँदैन खै ले म खिचिदिन्छु भनेर आपैmले सेल्फी खिच्नुभयो ।’

यसपटक यहींबाट वीस गर्ने शारदाको तयारी छ । फादर्स डे सकिएपछि पनि जाने इच्छा छ । शारदाले भनिन्–‘भगवानसँग कामना गर्छु उहाँलाई छिटोभन्दा छिटो ठिक होस् ।’

सार्वजनिक सभा–समारोहमा उखान टुक्का र ठट्टा गर्न मन पराउने प्रधानमन्त्री ओलीको घर परिवार र पारिवारिक भेटमा पनि असाध्यै मजाक गर्ने बानी छ । शारदाले भनिन्–‘प्रधानमन्त्री भएका बेलामा होस् या अरू जुनसुकै बेला उहाँसँग बसेपछि माहोल नै रमाइलो हुन्छ । उहाँको उखान टुक्कामा दम हुन्छ । उहाँमा रिस भनेकै छैन ।’

प्रधानमन्त्री ओली चिकित्सकको सल्लाह मान्दै एक महिना लामो अस्पताल बसाइपछि मात्र फर्कने भएकाले काका–बालाई भेट्न पनि शारदाले निकै लामो समय प्रतीक्षा गर्नुपर्ने भएको छ ।

फेसबुकबाट कमेन्ट गर्नुहोस्

Nepal Life insurance
SMS ADS