रबि लामिछानेका नाममा पुर्वपत्नीको भाबुक चिठी
हुन त मैले यो विषयमा केही बोल्नु उचित नहोला भन्ने सोचेकी थिएँ । तर, पछिल्ला केही दिनमा मेरो एउटा स्टाटसलाई आधार बनाएर अड्कलकै आधारमा समाचारहरु आइरहेको देखेपछि आफ्नो धारणा स्पष्ट पार्नु आवश्यक ठानेकी छु ।
रवि लामिछाने मैले २५ वर्ष सहयात्रा गरेका श्रीमान मात्र होइन, मेरा दुई छोरीका बाबु पनि हुन् । हाम्रो डि*भोर्सपछि दुई छोरीहरुको एक्लो अभिभावकत्व मेरो काँधमा आएको छ । डिभो*र्सपछि हाम्रो बाटो अलग–अलग भयो । उनले नेपालमा नयाँ संसार बसाले । म अमेरिकामा छोरीहरुको सहारामा र उनीहरुलाई सहारा दिएर बाँचिरहेकी छु ।
डि*भोर्सका क्रममा रविले मसित केही कागजी र केही मौखिक प्रतिवद्धताहरु गरेका थिए । त्यसअनुसार अमेरिकामा रहेको घरको मासिक किस्ता भुक्तानी गर्ने जिम्मेवारी उनले लिएका थिए । तर, उनले नियमित रकम नपठाएपछि तीन महिना अगाडि बैंकले घर लि*लामीको नोटिस निकाल्यो ।
त्यसपछि उनले पठाएको केही पैसा र म आफैंले बाँकी रकम जोहो गरेर बैंकको किस्ता क्लियर गरेँ । आगामी दिनमा उनले प्रतिवद्धता पूरा गर्नेछन् भन्ने विश्वास लिएकी छु । अन्यथा, मैले पनि का*नूनी उप*चारको खोजी गर्नुपर्ने हुन सक्छ ।
रवि प*क्राउ परेको खबरले अमेरिकामा हामी आमाछोरी चि*न्तित बन्यौं । खासगरी ठूली छोरी निकै दुः*खी थिइन् । मलाई पनि ननिको लाग्यो । तर, यतिबेला नेपालमा रविलाई अर्को सं*कटले घेरेको छ । आत्मह*त्या दुरुत्साहनजस्तो गम्भीर मु*द्दा लागेर पक्राउ परेर हालै पाँच लाख धरौ*टीमा रि*हा भएका छन् । मु*द्दाको फै*सला भएको छैन ।
कागजीरुपमा सम्वन्ध अन्त्य भए पनि भावनात्मक सम्वन्ध नष्ट हुन समय लाग्दोरहेछ । सायद मैले आफ्नो मनबाट उनलाई पूर्ण रुपमा निकाल्न सकेकी थिइनँ । त्यसैले उनलाई यो वि*पत्ति आइलाग्दा म बेचैन बनेँ ।
तर, सिक्काको अर्को पाटो पनि उत्तिकै संवेदनशील थियो । अर्को पाटोमा मजस्तै एक स्त्रीको सिउँदो पुछिएको थियो । र, उनका श्रीमानले म*र्ने बेलामा रुँदै–रुँदै आफूलाई आत्मह*त्या गर्न विवश तुल्याएको भनेर रविको नाम लिइरहेका थिए । भिडियो हेरेपछि म निकै सोचमा परेँ ।
रवि हि*रासतबाट निस्के पनि दो*षमुक्त भएका छैनन् । म चाहन्छु, अदालतले चाँडोभन्दा चाँडो यस विषयलाई किनारा लगाओस् र वास्तविक तथ्यलाई बाहिर ल्याओस् । के धेरै मानिसहरुका लागि भगवान बनेको रविबाट कसैलाई आत्मह*त्यासम्म धकेल्ने दानवीय कर्म भयो होला ? मैले अझै पत्याउन सकेको छैन ।
यस घटनामा प्रहरीले अनुस*न्धान गरिरहेको हुनाले अन्तिम निचोड निकाल्ने उसैको जिम्मेवारी हो । एउटा भिडियोलाई मात्रै आधार मानेर पक्कै पनि प्रहरीले र अदालतले निर्णय लिँदैन होला । भिडियोमा दिइएको वयान कति सत्य हो भनेर पत्ता लगाउने अन्य प्रमाणहरु जुटाइएलान् । र, अन्त्यमा सत्यता बाहिर आउला ।
म त यति मात्रै कामना गर्छु कि भिडियोमा बोलिएको कुरा सत्य सावित नहोस र रवि निर्दो*ष प्रमाणित होउन् । तर, मेरो कामनाले भन्दा पनि रविलाई उनकै कर्मले जोगाउने हो । यदि गलत काम गरेका छैनन् भने नखाएको विष पक्कै नलाग्ला । यदि शालिकरामले लगाएको आरोप सत्य ठहरियो भने रविका हजारौं प्रशंसकजस्तै म पनि निराश हुनेछु ।
भिडियोमा रविमाथि मृ*तक शालिकरामले लगाएको अर्को आरोपले पनि मलाई उत्तिकै स्त*ब्ध बनाएको छ । रविले सिधा कुरा कार्यक्रम चलाउँदा मानिसहरुबाट करोडौं रकम असुल गरेको आरोप मृ*तकले लगाउनुभएको छ ।
मैले २५ वर्ष रविसँग दाम्पत्य सम्वन्धमा रहेको अनुभवका आधारमा भन्नुपर्दा उनी यसअघि आफ्नो काममा जहिले पनि इमान्दार र प्रतिवद्ध थिए । अमेरिकामा रहँदा पनि धेरै नेपालीलाई निस्वार्थ सहयोग गरेका हुन् । सिधा कुरा जनतासँग मार्फत पनि थुप्रैको उपकार गरेको सुनेकी छु ।
तर, उनीमाथि उनकै पूर्वसहकर्मीले पैसा खाएको आरोप लगाइरहँदा त्यसले मलाई अचम्म बनाएको छ । रविबाट यस्तो काम भयो होला भन्ने विश्वास लाग्दैन । एउटा श्रीमतीका रुपमा मलाई रविले दिएका चोटहरु असंख्य होलान् । त्यो सम्झनेबेला अहिले होइन ।
हिजो बुवाको मुख हेर्ने दिन । अघिल्ला वर्षमा छोरीहरु यस दिन कति उत्साहित हुन्थे । मेरा छोरीहरुका पितालाई ‘फादर्स डे’ को शुभकामना छ । आफ्नो संसारमा भुलेर छोरीहरुलाई बिर्सियौ भने पनि छोरीहरुले तिमीलाई कहिल्यै भुल्न सक्ने छैनन् । किनकी एकपटकको बाबु सधैंको बाबु हो । ‘पूर्वश्रीमान’ भनेजस्तो ‘पूर्वबाबु’ वा ‘पूर्वछोरी’ कहिल्यै हुँदैन ।
फेसबुकबाट कमेन्ट गर्नुहोस्