सुचना तथा प्रशारण विभाग दर्ता नं.: ८५७/०७५/७६

खोलाले कार बगाउँदा दोलखामा १ को मृ*त्यु

दोलखामा गएराति खोलाले कार बगाउँदा १ जनाको मृ*त्यु भएको छ भने २ जना घा*इते भएका छन् । सिंगटीबाट चरिकोटतर्फ आउँदै गरेको बा १९ च ४३९० नम्बरको कार गएराति ११ः३० बजे कालिञ्चोक गाउँपालिका–९ स्थित सुन्द्रावती खोलाले बगाउँदा तामाकोशी गाउँपालिका–३, जफेका २४ वर्षीय अनिश पोखरेलको मृ*त्यु भएको हो ।

सोही कारमा सवार तामाकोशी गाउँपालिका–३ का ३१ वर्षीय विकज पोखरेल र लिखु तामाकोशी गाउँपालिका–२, रामेछापका कार चालक पवन पौडेल पनि कारमा सँगै बगेका थिए । उनीहरूलाई भने राति नै प्रहरीले उ*द्धार गरेको छ ।

विकज नेकपा दोलखा जिल्ला अध्यक्ष तथा तामाकोसी गाउँपालिका अध्यक्ष ईश्वरचन्द्र पोखरेलका कान्छा छोरा हुन् ।

Flood in nepal
फाईल तस्विर

जिल्ला प्रहरी कार्यालय, दोलखाका अनुसार सामान्य घाइते उनीहरूलाई अहिले थप उपचारका लागि जिल्ला अस्पताल लगिएको छ । अविरल वर्षासँगै एक्कासि बढेको खोलाले कार बगाएको प्रत्यक्षदर्शीहरूले बताएका छन् ।

फेसबुकबाट कमेन्ट गर्नुहोस्