रोशनिको निवेदनपछी महरामाथी छानबिन नहुने
निवर्तमान सभामुख कृष्णबहादुर महराबाट आफूमाथि यौन दुव्र्यवहार भएको भन्दै सुरुमा मिडियामा आएकी संसद सचिवालयमा कार्यरत कर्मचारी रोशनि शाहीले हाल आएर आफूमाथि कुनै दुव्र्यवहार नभएको दाबी गर्दै प्रहरीमा निवेदन दर्ता गराएकी छिन् ।
उनले महराको बचाउ गर्दै महानगरीय प्रहरी वृत्त नयाँ वानेश्वरमा बुधबार निवेदन दर्ता गराएकी हुन् । महानगरीय प्रहरी परिसर काठमाडौंका प्रवक्ता होविन्द्र बोगटीले महिलाले निवेदन दर्ता गराएको पुष्टि गरेका छन् ।
आफू डिप्रेशनको बिरामी रहेको र औषधी समेत खाँदै आएको भन्दै महराले आफूमाथि कुनै दुव्र्यवहार नगरेको तथा समाचार कसरी बाहिरियो भन्नेबारे समेत थाहा नभएको व्यहोरा निवेदनमा उल्लेख गरेकी छिन् । उनले महरामाथि लागेको आरोप झूटो भएको समेत दाबी गरेकी छिन् ।
एक अनलाइनले महराले आफूमाथि बलात्कार गरेको भन्दै ती महिलाको बयानसहित समाचार छापेको थियो । तर त्यसको भोलिपल्टै महिलाले फेरि आफूमाथि कुनै दुव्र्यवहार नभएको दाबी गर्दै आफ्नै बोलीको खण्डन गरेकी थिइन् ।
संसद सचिवालयमा कार्यरत ती महिलाको सुरुको बयानको आधारमा समाचार बाहिरिएपछि महराले भने नैतिकताको आधारमा राजीनामा दिइसकेका छन् । उनको राजीनामा बुधबार स्वीकृत पनि भइसकेको छ । पिडित भनिएकी महिलाको निवेदनसँगै महरामाथी छानबिन नहुने भएको छ ।
फेसबुकबाट कमेन्ट गर्नुहोस्