सरकारी सुविधा फिर्ता गरे महराले, डेरा खोज्दै
यौन अपराधको आरोप लागेपछी निवर्तमान सभामुख कृष्णबहादुर महराले सरकारबाट लिँदै आएको सुरक्षा र गाडीको सुविधा फिर्ता गरेका छन् । महराका सञ्चारविज्ञ डिल्ली मल्लले निवर्तमान सभामुखसँग रहेका आर्मी र प्रहरी फिर्ता भएको जानकारी दिएका छन् ।
महराको सुरक्षाका लागि क्याप्टेनको नेतृत्वमा १७ सैनिक र प्रहरी निरीक्षकको नेतृत्वमा ११ जना प्रहरी खटिएका थिए । गाडी भने संसद सचिवालयको सवारी शाखालाई बुझाइएको मल्लले जानकारी दिएका छन् ।
सभामुखको हैसियतमा महराले बा २ झ १२६८ नम्बरको गाडी चढ्दै आएका थिए । उक्त गाडीलाई बिहीबार दिउँसो संसद सचिवालय अन्तर्गतको सवारी शाखालाई बुझाएको जनाइएको छ ।
संसद सचिवालयमै कार्यरत कर्मचारी रोशनी शाहीले यौन दुव्र्यवहारको आरोप लगाएपछि महराले राजीनामा दिएका थिए । महरा बालुवाटारस्थित सरकारी भवनमा बस्दै आएका छन् ।
सरकारी निवास सर्नका लागि भने डेरा खोज्दै गरेको महराका सञ्चारविज्ञ मल्लले जानकारी दिएका छन् । डेरा पाएपछि सरकारी निवास पनि छाडिने उनले बताएका छन् । महरालाई करणीको आरोप लगाउने रोशनीले पछिल्लो पटक महराले आफुलाई कुनै दुव्र्यवहार नगरेको भन्दै प्रहरीमा निवेदन दर्ता गराएकी छिन् ।
फेसबुकबाट कमेन्ट गर्नुहोस्