सुचना तथा प्रशारण विभाग दर्ता नं.: ८५७/०७५/७६

साथीहरुबिचको विवादमा कुटपिट गरी १ को हत्या

भलिबल खेल्नको लागि जम्मा भएका स्थानीय युवाहरुबीच एक–आपसमा झगडा हुँदा स्याङ्जाको हरिनास गाउँपालिका–५ बलिडाँडामा एक युवाको मृत्यु भएको छ । साथीसाथीबीच झगडा हुँदा कुटपिट गर्दै एक युवाको हत्या गरेको प्रहरीले बताएको छ ।

बुधबार राति बलिडाँडाका २९ वर्षीय महेन्द्र आलेको हत्या भएको स्याङ्जाका प्रहरी प्रमुख एसपी राजकुमार लम्सालले जानकारी दिएका छन् । एसपी लम्सालका अनुसार आपसी झगडा हुँदा कुटपीट भएपछि आलेको घटनास्थलमा नै मृत्यु भएको थियो ।

Hatya chirpat prahar

आलेको मृत्युपश्चात घटनामा संलग्न युवाहरु फरार भएका थिए । फरार युवाहरुलाई बिहीबार बिहान विभिन्न स्थानमा रहेको प्रहरी युनिटका प्रहरी परिचालन गरेपछि पक्राउ गर्न सफल भएको प्रहरीले बताएको छ ।

पक्राउ पर्नेमा हरिनास गाउँपालिका–६ का २३ वर्षीय नरेश मानन्धर, वर्ष ३० का मातृका मानन्धर, वर्ष १९ का विमल मानन्धर, वर्ष २८ का अमृत मानन्धर, वर्ष १९ का धरम मानन्धर रहेको स्याङ्जा प्रहरी प्रवक्ता डीएसपी नवीनकृष्ण भण्डारीले बताएका छन् । पक्राउ परेका ६ मध्ये १ जनाको विवरण प्राप्त भएको छैन ।

डीएसपी भण्डारीका अनुसार घटनाको विषयमा थप अनुसन्धान कार्य जारी छ । घटनामा संलग्नलाई ४ जनालाई रत्नपुर प्रहरी चौकीबाट खटिएको प्रहरी टोली र २ जनालाई तनहुँको भीमाद प्रहरी चौकीबाट खटिएको टोलीले पक्राउ गर्न सफल भएको बताएको छ ।

फेसबुकबाट कमेन्ट गर्नुहोस्