सुचना तथा प्रशारण विभाग दर्ता नं.: ८५७/०७५/७६

बसभित्र युवतीको टाउकोमा विर्य झार्ने रविन पक्राउ

एक वर्षअघि ललितपुरको डल्लु–लगनखेल रुटमा चल्ने सार्वजनिक यातायातभित्रै एक युवकले हस्तमैथुन गरेर युवतीको कपालमा वीर्य स्खलन गरेको भिडियो भाइरल भएको थियो ।

भिडियो २०७५ माघ ११ गते फेसबुकमा अपलोड गरिएको थियो । सामाजिक सञ्जालमा भिडियो भाइरल भएपछि धेरै महिलाहरु आक्रोशित बने । विरोध गर्दै महिलाहरु प्रहरीकोमा पुगे । लगत्तै प्रहरीले पनि हस्तमैथुन गर्ने व्यक्तिको खोजी सुरु गर्यो ।

भिडियो भाइरल भएपछि सार्वजनिक यातायातमा सवारी गर्ने महिलाहरुको अवस्था र सुरक्षामा समेत गम्भीर चिन्ताको बिषय बनेको थियो । भिडियो रविन रुचाल नामको फेसबुकमार्फत सार्वजनिक भएको थियो ।

प्रहरीले हस्तमैथुन गरेर भिडियो कसले खिच्यो भनेर अनुसन्धान थाल्यो । केन्द्रीय अनुसन्धान ब्यूरो (सीआईबी), काठमाडौँ प्रहरी र महानगरीय अपराध महाशाखाले घटनाको अनुसन्धान गरेको थियो ।

Rabin Ruchal

प्राविधिक रुपमा अनुसन्धान गरेर अपराध महाशाखाको प्रहरी टोली एक वर्षपछि रविन रुचालसम्म पुग्यो । महाशाखाका एसएसपी सहकुल थापाले भने, ‘रविन भन्ने व्यक्तिको नाममा खोलिएको फेसबुक अकाउन्टको आइपी ठेगाना पत्ता लगाउन प्रहरी सक्रिय भएर लाग्यो । सोहीको आधारमा रविन रुचाल भन्ने व्यक्तिलाई एक वर्षपछि पक्राउ गरेरै छाड्यौं ।’

फेसबुकमा रविन रुचाल नाममा फेसबुक खोलिएको भएपछि उनको नागरिकतामा नाम रविन सार्की रहेको महाशाखाका एसएसपी थापाको दावी छ ।

को हुन् युवतीमाथी अश्लिल हर्कत गर्ने रविन रुचाल ?
१२ कक्षामा अध्ययनरत रविन सार्की भन्ने रविन रुचालको स्थायी घर तनहुँ अरुणोदय गाविस–१ घर हो । २१ वर्षीय रविन पछिल्लो समय चितवनको भरतपुर महानगरपालिका विकासचोक बस्दै आएका थिए ।

तीन वर्षअघि रविन काठमाडौँको बानेश्वरमा डेरा लिएर बस्दै आएको प्रहरी अनुसन्धानबाट खुल्न आएको छ । रिक्सा चलाउने काम गर्थे रविन । कामको सिलसिलामै साथीभाइको संगतले फेसबुक म्यासेन्जरको अश्लिल ग्रुपमा जोडिए रुचाल ।

अश्लिल भिडियो बनाएपछि पैसा आउने कुरा फेसबुक ग्रुपमा भएपछि उनले भिडियो बनाउने निर्णय लिएको प्रहरीको अनुसन्धानबाट खुलेको छ । सोही क्रममा उनले २०७५ साउनमा भिडियो बनाएर माघमा अपलोड गरेका हुन् ।

पैसा आउने भनेपछि रविनले विभिन्न ग्रुपहरु बनाएर युवतीको कपालमा बिर्य फालेको भिडियो समेत पठाए । रविनले ग्रुप म्यासेजमा समेत साथीभाइसँग जथाभावी बोलेका छन् ।

०७५ साउनमा सार्वजनिक यातायातमा चढेका रविनले हस्तमैथुन गरेर महिलाको टाउकोमा वीर्य बिसर्जन गरे, र त्यसको भिडियो आफैले खिचे । वीर्य आफनो अगाडि बस्ने युवतीको कपालभरी पारिदिन्छन् । जहाँ अन्य व्यक्तिहरु पनि थिए ।

भिडियो रेकर्ड गरेको ६ महिनापछि (माघ १०) गते मात्रै रविनले फेसबुकमा अपलोड गरेका हुन् । रविनले भिडियो चितवन पुगेर घरबाटै अपलोड गरेका थिए । फेसबुकमा भिडियो तत्कालै भाइरल भयो । जताततैबाट रविनलाई गाली आयो ।

गाली गर्न थालेपछि रविनले सोही दिन बेलुका ९ः२७ बजे एउटा स्ट्याटस राख्दै माफी मागेका छन् । ‘दाइभाइ सरी क्या यार । जे भएपनि मिस्टेकले भएको थियो । भाइरल नगर्नु न हौ भिडियो । इट्स जस्ट फनी भिडियो हो । सोधेर गरेको’ भन्दै फेसबुकमा स्ट्याटस लेखेका छन् । भिडियोमा यस्तो हर्कत गर्ने उनको अनुहार भने देखिँदैन ।

भिडियो अपलोड गरेको केही दिनपछि रविन काठमाडौँ फर्के । अश्लिल भिडियो सामाजिक सञ्जालमा भाइरल भएपछि सामाजिक सञ्जालकर्ताहरुले सामाजिक सञ्जालमै गालीगलौज गर्न थालेपछि रविन काठमाडौँबाट २०१९ फेब्रुअरीमा सिधै भारत भागे ।

भागेर भारत पुगेका रविनले दिल्लीमा करिब ३ महिना मोमो फ्याक्ट्रीमा काम गरेको प्रहरी अनुसन्धानबाट खुल्न आएको छ । त्यसपछि रविन दिल्लीबाट कास्मिर पुगे । करिब ४ महिनाको कास्मिर बसाइपछि रविन नेपाल फर्के । चितवनस्थित आफ्नै घरमा आएर बसे ।

हस्तमैथुन गरेर युवतीको कपालमा वीर्य फालेका रविनको खोजी गर्न प्रहरीलाई त्यति सजिलो थिएन । एक वर्षसम्म प्रहरीले ती रविनको खोजी गर्न कहाँसम्म पुगेन र के सम्म गरेन ?

प्रहरीले घटनाको अनुसन्धान गरिरहेको थियो । अनुसन्धानकै क्रममा रविनलाई सोमबार चितवनस्थित घरबाटै प्रहरीले पक्राउ गर्न सफल भयो ।

पक्राउ परेका रविनलाई मङ्गलबार महाशाखाले पत्रकार सम्मेलन गरेर सार्वजनिक गरेको छ । रविनमाथि साइबर अपराध कसुरमा अदालतबाट म्याद लिएर अनुसन्धान गरिनेछ ।

फेसबुकबाट कमेन्ट गर्नुहोस्