सुचना तथा प्रशारण विभाग दर्ता नं.: ८५७/०७५/७६

लिं#ग काटेर सुवानलाई परालमा जलाउने पक्राउ

झापाको चारपानेमा परालले जलाएको अवस्थामा भेटिएको शव भारतीय नागरिक सुवान शेखको भएको खुलेको छ । गत सोमबार झापाको बिर्तामोड नगरपालिका–२ चारपानेमा मादक पदार्थ सेवन गरी सुवान शेखको हत्या गर्ने करण चौधरी र लक्ष्मण यादवलाई पक्राउ गरेर प्रहरीले शुक्रबार सार्वजनिक गरेको छ ।

इलाका प्रहरी कार्यालय अनारमनी, जिल्ला प्रहरी कार्यालय झापा र प्रदेश नं १ प्रदेश प्रहरी कार्यालय विराटनगरको संयुक्त प्रहरी टोलीले उनीहरुलाई पक्राउ गरेको जिल्ला प्रहरी कार्यालय झापाका प्रमुख कृष्ण कोइरालाले जानकारी दिएका छन् ।

उनीहरुले मादक पदार्थ सेवन गर्ने क्रममा विवाद हुँदा भारतको अररिया–४९ वर्षीय हसन मोहल्ला घर भई १० वर्षदेखि उक्त क्षेत्रमा बस्दै आएका ४० वर्षीय सुवान शेखको ढुङ्गाले हानेर हत्या गरेको कोइरालले बताएका छन् ।

विवादको क्रममा शेखले लक्ष्मण र करणलाई आमासँग जोडेर गालीगलौज गरेको बताइएको छ । मदिराको नसा लागेका लक्ष्मण र करणले रिसको आवेगमा आएर शेखको हत्या गरेको कोइरालाले बताएका छन् ।

हत्यापछि शेखको शवलाई राजवंशीको खेतमा लगी लिङ्ग काटी उक्त खेतमा रहेको परालमा आगो लगाएर जलाएको प्रहरीको अनुसन्धानमा खुल्न आएको छ । कोइरालाले भने, ‘आमाको नाम जोडेर गालीगलौज गरेकाले त्यसपछि उनीहरूले शेखको संवेदनशील अङ्ग काटेर फालेका रहेछन् ।’

प्रहरीले उनीहरुको साथबाट संवेदनशील अंग काट्ने चक्कु, मृतकलाई आगो लगाउँदा प्रयोग भएको लाइटर, मृतकको लेनोभो कालो रङको मोबाइल, रगत लागेको लक्ष्मणको भेस्ट र चुरोटका ठुटाहरु बरामद गरेको छ ।

फेसबुकबाट कमेन्ट गर्नुहोस्