सुचना तथा प्रशारण विभाग दर्ता नं.: ८५७/०७५/७६

निर्माणस्थलमा पुरिएर कुवेतमा ४ नेपालीको मृ*त्यु

कुवेतको एक निर्माणस्थलमा पुरिएर बैदेशिक रोजगारीमा गएका ४ नेपालीको ज्यान गएको छ । ३ जना घा*इते छन् । कुवेतको अल–मुत्ला क्षेत्रको निर्माणस्थलमा बुधबार खसेको बालुवा र ग्राभेलको ढिस्कोमा पुरिएर ४ नेपालीको ज्यान गएको अरब टाइम्सले जनाएको छ । तर, घटनामा ज्यान गुमाउने नेपाली को–को हुन् भन्नेबारे भने खुलाइएको छैन ।

Kuwait 4 Nepali Death

ढिस्कोमा पुरिएर घा*इते भएका ३ जनाको उपचार भइरहेको छ । समाचार अनुसार, घा*इतेको पहिचान हुन बाँकी छ । ढिस्कोमा पुरिएका सबै कामदार चिनियाँ कम्पनीका हुन् ।

प्रत्यक्षदर्शीहरूले बताएअनुसार, निर्माणस्थलको ब्लक ५ मा ढल निर्माण गरिरहेका बेला ढिस्को खसेको थियो । घटनालगत्तै ७ जनालाई उद्धार गरेर अस्पताल लगिएकोमा ४ जनाको ज्यान गएको अरब टाइम्सले जनाएको छ ।

फेसबुकबाट कमेन्ट गर्नुहोस्