सुचना तथा प्रशारण विभाग दर्ता नं.: ८५७/०७५/७६
SMS ADS

बुहारीसँग यौनसम्पर्क गर्ने युवाको गोली हानि हत्या

धनकुटा जिल्लाको डाडाँगाउँ गाविस–१ मा आफ्नी कान्छी बुहारीसँग खुला चौरमा यौन क्रियाकलाप गरेको देखेपछि ससुराले रिस थाम्न नसकेर एक युवकलाई बन्दुक प्रहार गरी हत्या गरिदिएका छन् ।

धनकुटा नगरपालिका–१४ बेलहरा निवासी २६ वर्षीय प्रेम भण्डारीलाई कान्छी बुहारीसँग यौनसम्पर्क गर्दै गरेको अवस्थामा ४८ वर्षीय ससुरा चक्र भनिने खड्कबहादुर गुरुङले फेला पारेपछि गोली हानेर हत्या गरेको प्रहरीले जनाएको छ ।

युवकलाई गोली हानि हत्या गर्ने खड्कबहादुर गुरुङलाई आज बिहान पक्राउ गरिएको छ । गुरुङका कान्छा छोरा वैदेशिक रोजगारीका सिलसिलामा मलेसियामा छन् ।

कान्छी बुहारीलाई ललाई फकाई भण्डारीले पटक पटक यौनसम्पर्क गर्ने गरेको गुरुङले प्रहरी समक्ष बयान दिएका छन् । मृत्यु भएका भण्डारी डाँडागाउँ गाविस क्षेत्रमा ट्याक्टर चलाउँदै आएका थिए ।

गोली हानेर हत्या गरिएका भण्डारीको शव घटनास्थल नजिकै रहेको खोल्सीमा लगेर फालिएको अवस्थामा प्रहरीले फेला पारेको छ । घटनाबारे थप अनुसन्धान भईरहेको धनकुटा प्हरीले जानकारी दिएको छ ।

फेसबुकबाट कमेन्ट गर्नुहोस्

Nepal Life insurance
SMS ADS