प्रधानमन्त्री ओलीको मिर्गौला प्रत्यारोपण सफल
प्रधानमन्त्री केपी शर्मा ओलीको मिर्गौला प्रत्यारोपण सफल भएको छ । त्रिवि शिक्षण अस्पताल, महारागजञ्जमा बुधबार करिव ४ घन्टा लगाएर मिर्गौला प्रत्यारोपण गरिएको चिकित्सकहरुले बताएका छन् ।
ओलीलाई भान्जीले मिर्गौला दिएकी हुन् । प्राध्यापक डा. अरुण शायमीका अनुसार प्रधानमन्त्री ओलीको शरीरमा मिर्गौला प्रत्यारोपण गरेर टेष्ट गर्दा युरिन सपोर्ट गरेको छ ।

उपचारमा संलग्न चिकित्कसहरुले केहीबेरमा पत्रकार सम्मेलन गरेर थप जानकारी दिनेछन् । ओलीको यो दोस्रो पटक मिर्गौला प्रत्यारोपण गरिएको हो ।
२०६४ साउनमा भारतको एपोलो अस्पतालमा मिर्गौला प्रत्यारोपण गरिएको थियो । त्यसले राम्रोसँग काम नगरेपछि कात्तिकबाट नियमित डायलासिस गर्न थालिएको थियो ।
फेसबुकबाट कमेन्ट गर्नुहोस्