सुचना तथा प्रशारण विभाग दर्ता नं.: ८५७/०७५/७६

कुनकुन परे १०० नयाँ पर्यटकीय गन्तव्यको सुचीमा

सरकारले ओझेलमा परेका एक सय वटा नयाँ पर्यटकीय गन्तव्यलाई प्रवद्र्धन गर्ने भन्दै १ सय ओटा नयाँ पर्यटकिय गन्तव्यको सुची तयार पारेको छ । संस्कृति, पर्यटन तथा नागरिक उड्डयन मन्त्रालयले प्रवद्र्धधन गर्नुपर्ने नयाँ १ सय ओटा पर्यटकीय गन्तब्यहरु छनोट गरेको हो ।

यी गन्तब्य नेपाल पर्यटन बोर्ड, स्थानीय तथा प्रदेश सरकारबाट सिफारिस गरिएका गन्तव्य हुन् । नयाँ पर्यटकीय गन्तव्यका लागि ६ सयभन्दा बढी स्थानहरु प्रस्तावित थिए । त्यसमध्ये कुन गन्तब्यलाई सय वटा भित्र समेटेर प्रवद्र्धन गर्ने भन्नेबारे मन्त्रालयले विभिन्न आधार तय गरेको थियो ।

मन्त्रालयका अनुसार नयाँ छनोट भएका पर्यटकीय गन्तब्यहरु निजी क्षेत्र, स्थानीय सरकार र स्थानीय बासिन्दाको पनि सहयोग लिएर घुम्नयोग्य बनाइनेछन् । सम्भावना भएर पनि ओझेलमा परेका यस्ता गन्तब्यलाई अब विशेष रुपमा विकास, प्रचारप्रसार र संरक्षण गरिनेछ ।

‘नेपाल भ्रमण वर्ष’मा २० लाख पर्यटक भित्र्याउने लक्ष्यलाई प्राप्त गर्ने गरी नयाँ गन्तब्यको प्रवद्र्धन योजना बनाइएको छ । यी पर्यटकीय गन्तब्यको विकासमा सरकारले यसै वर्षबाट बजेट खर्च गर्न सुरुआत गर्नेछ । नयाँ गन्तब्य प्रवद्र्धन गर्न सरकारले ५० करोड रुपैयाँ छुट्याएको थियो ।

पुरातात्विक सम्पदा, ठूला ताल तलैया वा पोखरी, सम्भावित भए पनि चर्चा नपाएका, भौतिक पूर्वाधार र सेवासुविधाको अभावले ओझेलमा परेका पर्यटकीय गन्तव्यहरुलाई नयाँ पर्यटकीय स्थलका रुपमा विकास गर्ने गरी मन्त्रालयले नयाँ गन्तव्यको छनोट गरेको हो ।

हेर्नुहोस् १ सय नयाँ गन्तव्यको सुची

[pdfjs-viewer url=”https%3A%2F%2Feverestwall.com%2Fwp-content%2Fuploads%2F2018%2F11%2F100-Destinations.pdf” viewer_width=100% viewer_height=1360px fullscreen=true download=true print=true]

(अनलाईनखबरबाट)

फेसबुकबाट कमेन्ट गर्नुहोस्