सुचना तथा प्रशारण विभाग दर्ता नं.: ८५७/०७५/७६

युवाको शव खोज्न जाँदा भेटियो युवतीको शव

कालीगण्डकी नदीमा हराएका एक युवाको शव खोज्दा नदी किनारमा एक युवतीको शव फेला परेको छ । शुक्रबार बिहान रामपुर १० का २३ वर्षका शंकर कोइराला नदीमा नुहाउन जाँदा बेपत्ता भएकाले उनको खोजी गर्ने क्रममा स्थानीयले युवतीको शव फेला पारेका हुन ।

युवतीको शव रामपुर नगरपालिका–८, भुजातघाटको कालीगण्डकी नदी किनारमा फेला परेको हो । कुर्ता र जिन्स पाइन्ट लगाएकी अन्दाजी १८/१९ बर्षकी युवती को हुन् भन्ने हाल सम्म पहिचान हुन नसकेको इलाका प्रहरी कार्यालय रामपुरले जनाएको छ ।

स्थानीय युवा रामपुर १० का २३ वर्षीय शंकर कोइराला शुक्रवार बिहान नदीमा नुहाउन जाँदा बेपत्ता भएकोले उनको खोजीको क्रममा स्थानीयले युवतीको शव भेटेका हुन् । हालसम्म बेपत्ता युवा भने फेला परेका छैनन् ।

फेसबुकबाट कमेन्ट गर्नुहोस्