सुचना तथा प्रशारण विभाग दर्ता नं.: ८५७/०७५/७६

मकवानपुरमा जन्ती बस दुर्घटना, ३ जनाको मृत्यु

मकवानपुरमा जन्ती बोकेको बस दुर्घटना हुँदा तीनजनाको घटनास्थलमै मृत्यु भएको छ । जिल्ला प्रहरी कार्यालय मकवानपुरका अनुसार कान्ति लोकपथ अन्तर्गत मकवानपुर गढी गाउँपालिका–२ शिखरकटेरीमा जन्ती बोकेको ना.३ ख ३५५६ नम्बरको बस बुधबार साँझ सात बजे दुर्घटना भएको हो ।

दुर्घटनामा मृत्यु हुनेहरुको पहिचान खुल्न नसकेको प्रहरीले जनाएको छ । मृतक तीनैजना पुरुष रहेको र उनीहरुको शव हेटौंडातर्फ ल्याइदै गरेको प्रहरीले जनाएको छ ।

makawanpur janti bus accident

गाउँपालिका अध्यक्ष विदुर हुमागाईंका अनुसार बकैया–११, घट्टेबाट दुलही लिएर गढी–७, कन्यातर्फ आउँदै गरेको बस दुर्घटनामा परेको हो । दुर्घटनामा ३० जना घाइते भएको र केहीको अवस्था गम्भीर रहेको प्रहरीले जनाएको छ ।

उनीहरुमध्ये सामान्य घाइतेहरुको हेटौंडा अस्पताल र गम्भीर घाइते भएकाहरुलाई थप उपचारका लागि भरतपुर पठाउने तयारी भइरहेको हेटौंडा अस्पतालले जनाएको छ । दुर्घटनामा दुलही फूलमाया लामासमेत सामान्य घाइते भएकी छन् ।

फेसबुकबाट कमेन्ट गर्नुहोस्