सुचना तथा प्रशारण विभाग दर्ता नं.: ८५७/०७५/७६

नेपालमा कोरोनाबाट मृत्यु हुनेको संख्या ४८ पुग्यो

कोरोना भाइरस (कोभिड–१९) बाट नेपालमा थप एक जनाको मृत्यु भएको छ । बाराको फेटा गाउँपालिका ३ का ६० वर्षीय पुरुषको सोमबार त्रिवि शिक्षण अस्पताल महाराजञ्जमा उपचारका क्रममा मृत्यु भएको हो ।

उनी निमोनिया, मिर्गौला र मस्तिष्कघातसम्बन्धी रोगका विरामी भएको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले जनाएको छ । यससँगै नेपालमा कोरोना संक्रमणबाट मृत्यु हुनेको संख्या ४८ पुगेको छ ।

Death boy corona

मन्त्रालयका अनुसार हालसम्म १८ हजार ७५२ जना संक्रमित भएका छन् । उनीहरुमध्ये १३ हजार ७५४ जना निको भएका छन् ।

फेसबुकबाट कमेन्ट गर्नुहोस्