अख्तियारका १५ जना कर्मचारीमा कोरोना पुष्टि
अख्तियार दुरुपयोग अनुसन्धान आयोगका १५ कर्मचारीमा कोरोना संक्रमण पुष्टि भएको छ । आइतबार १८२ कर्मचारीको स्वाब संकलन गरी परीक्षण गर्दा मंगलबार १५ जनामा कोरोना संक्रमण पुष्टि भएको अख्तियार दुरुपयोग अनुसन्धान आयोगले जनाएको छ ।
संक्रमित हुनेहरु अधिकांश प्रहरी कर्मचारी हुन् । अख्तियारको अप्रेसनका लागि खोटाङ गई फर्किएका एक प्रहरी अधिकारीमा कोरोना संक्रमण भएपछि उनको सम्पर्कमा रहेकाहरुको स्वाब संकलन गरी परीक्षण गरिएको थियो । थप संक्रमितको सम्पर्क जालो पत्ता लगाउन सुरु गरिएको अख्तियारको भनाइ छ ।
फेसबुकबाट कमेन्ट गर्नुहोस्