सुचना तथा प्रशारण विभाग दर्ता नं.: ८५७/०७५/७६
SMS ADS

डिसेम्बर २९ मा सागर आले जापानको तोचिगीमा

नेपाल आईडलबाट आफ्नो सांगितिक पहिचान बनाएका गायक सागर आले मगरले यही डिसेम्बर २९ तारिखका दिन जापानको तोचिगीमा सांगितिक प्रस्तुति दिने भएका छन । मगर संघ तोचिगी, जापानको आयोजनामा हुन लागेको ‘न्यु एयर सागर आले सांगितिक साँझ’मा गायक आलेले तोचिगीबासी नेपालीहरुमाझ धमाका मच्चाउने भएका हुन ।

नेपाल आईडलको प्रतिस्पर्धामा आफ्नो गायकी कलाले थुप्रै प्रसंशक बनाउन सफल सागरले केही मौलिक गितहरु समेत बजारमा ल्याईसकेका छन । देश बिदेशका बिभिन्न कार्यक्रमहरुमा भ्याईनभ्याई भएका गायक सागर यसपाली भने जापानको चिसोमा आफ्ना प्रसंशकलाई तताउन आउने भएका छन ।

अंग्रेजी नयाँ बर्षको अवसर पारेर मगर संघ तोचिगी, जापानले यो सांगितिक कार्यक्रम गर्दैछ । सांगितिक कार्यक्रमका लागी आवश्यक तयारी धुमधामका साथ भईरहेको मुल आयोजक समितिका संयोजक तथा मगर संघ तोचिगी, जापानका उपाध्यक्ष सागर पुन मगरले जानकारी गराएका छन ।

कार्यक्रम संयोजक सागर पुनका अनुसार सांगितिक साँझ कार्यक्रम तोचिगीस्थित लाफा स्पोर्टस एण्ड ग्रिल बारमा हुनेछ । कार्यक्रम डिसेम्बर २९ तारिख शुक्रबारका दिन दिउँसो ३ बजेबाट हुने आयोजक मगर संघ तोचिगीले जनाएको छ ।

सागर पुन मगर संयोजक रहेको सागर आले सांगितिक साँझ मुल आयोजक समितिका उप–संयोजक भुवन थापा मगर रहेका छन भने समितिमा शिव थापा, यामबहादुर कुवर, ममता राना, मिना पुन र मायाँ पुन सदस्य रहेका छन । कार्यक्रम व्यवस्थापनका लागी बिभिन्न उपसमितिहरु पनि बनाईएको छ ।

फेसबुकबाट कमेन्ट गर्नुहोस्

Nepal Life insurance
SMS ADS