सुचना तथा प्रशारण विभाग दर्ता नं.: ८५७/०७५/७६

आफ्नै बाबुआमा र बाजेबज्यै मार्ने अनौठो परम्परा !

old-age-man

दुनियामा केही यस्ता अनौठा र आश्चर्यलाग्दा कुप्रथा र परम्पराहरु छन्, जसका बारेमा सुन्दैमा झसङ्ग भईन्छ । भारतको तमिलनाडुमा यस्तै एउटा अनौठो तर डरलाग्दो र अमानविय परम्परा छ । जसलाई त्यहाँको स्थानीय भाषामा ठलाईकुठल भनिन्छ ।

ठलाईकुठल परम्परा तमिलनाडुको एउटा समुदायको प्रचलित परम्परा हो । जो परम्पराको बारेमा सुन्दै ज्यान झसङ्ग भएर आउँछ । यो परम्परा निकै डरलाग्दो, अमानवीय र हिंश्रक छ । जुन परम्परामा परिवारका सदस्यले नै आफ्नो घरका बुढापाका सदस्यको हत्या गर्ने चलन छ ।

यस्तो अमानविय हत्यामा गाउँलेहरुले पनि साथ दिन्छन् । कानूनी रुपमा यस्तो परम्परामा रोक लगाइए पनि तमिलनाडुका परम्परागत समुदायमा अँझै यो प्रथा कायमै छ । परिवारको वृद्ध सदस्यको हत्या गर्ने यो परम्परालाई त्यहाँको समाजमा विदाइको सम्मानजनक तरिकाका रुपमा लिइन्छ ।

त्यसैले आफ्ना बुढा बाबुआमा तथा बाजेबज्यैहरुको स्याहार सुसार तथा पालन पोषण गर्न नचाहने तथा नसक्नेहरुले यही परम्पराको नाममा हत्या गर्ने गरेका छन् । परिवारको हेलाँका कारण कतिपय बुढाबुढीहरुले त आफै आफ्नो हत्या गर्न समेत लगाउँछन् ।

वास्तवमा पुलिसले थाहा नपाओस भनेर निकै सजग भएर मानिसहरुले बुढाबुढीको हत्या गर्दछन् । निको नहुने रोग लागेमा, गरिबीका कारण उपचार गर्न नसकेमा, सेवा गर्ने समय नभएमा वा परिवारको बोझ ठान्न थालेपछि घरका सदस्यहरु मिलेर आफ्नै बुढा बाउआमा तथा बाजेबज्यैको हत्या गर्ने चलन छ ।

यसरी मारिन्छन बुढाबुढीहरु !

  • बुढाबुढीलाई माटो घोलेको पानी पिलाइन्छ । त्यसो गर्दा पेट खराब हुन्छ र केही हप्तामै झाडापखालाले छटपटाएर बुढाबुढीको मृत्यु हुन्छ ।
  • बिहान बिहान तेलले नुहाइदिने र दिनभरी निकै धेरै नरिवल पानी खुवाइदिने । यसो गर्दा मृगौला खराब भएर दुइ चार दिनमै बुढाबुढीको मृत्यु हुन्छ ।
  • बुढाबुढीलाई सहनै नसक्ने खालको चिसो पानीले नुहाइन्छ, ता की उनीहरुलाई हृदयाघात होस् वा ठण्डीले मरुन् ।
  • कहिलेकाहीँ त नाक बन्द गरिदिएर दुध खुवाइन्छ । लामो समयसम्म यसो गर्दा स्वास थुनिएरै बुढाबुढीको मृत्यु हुन्छ ।

फेसबुकबाट कमेन्ट गर्नुहोस्