सुचना तथा प्रशारण विभाग दर्ता नं.: ८५७/०७५/७६

श्रीमती परपुरुषसँग सल्किएको कसरी थाहा पाउने ?

श्रीमान् वा श्रीमती परपुरुष तथा परस्त्रीसँग सल्केको थाहा पाउन कठिन छ । तर, यही विषयलाई लिएर वेलायतमा विश्वविद्यालयका सोधकर्ताहरुले गरेका केही अध्ययनहरुले भने पत्ता लगाउन सकिने दाबी गरेका छन् ।

यहाँ महिलाहरुले आफ्ना श्रीमान हुँदाहुँदै पनि परपुरुषसँग राखेको सम्बन्धका बारेमा थाहा पाउन सकिने केही उपाय र तरिकाको बारेमा चर्चा गर्न लागिएको हो । उसो भए कसरी थाहा पाउने त श्रीमती परपुरुषसँग सल्किएको ? यस्तो भन्छ अध्यय्नले;

मोबाइल फोनमा गर्ने कुराकानीको साविकको शैलीमा परिवर्तनदेखि तुलनात्मक रुपमा समय धेरै दिन थालिए शंका गर्न सकिन्छ । फोन आउँदा श्रीमतीको हाउभाउमा परिवर्तन आए, बारम्बर फोन आए, स्वरको परिवर्तन, मेसेज गर्ने प्रवृत्तिहरु हेरेर श्रीमतीमाथि शंका गर्न सकिन्छ ।

श्रीमतीका केटी साथी कति छन् ? केटी साथीसँग पहिलेको भन्दा बढी समय बिताउँछिन कि बिताउन्नन ? कतै केटी साथीलाई भेटन जाने भनेर अरु कसैलाई भेट्न त गएकी छैनन् ? अथवा साथीसाथी मिलेर पुरुष साथीलाई भेट्न गएका छ छैनन् ?

केही समयअघिसम्म बेलुकी अरुसँग समय नबिताउने तपाईंको श्रीमती एकाएक धेरैजसो समय बाहिर नै बिताउने गर्न थाल्छिन् भने तपाईंमाथि धोका भइरहेको हुनसक्छ । तपाईंकी श्रीमती केटी साथीहरुसँग नभई अरु कुनै मानिससँग समय बिताइरहेको हुनसक्छ ।

विगतमा दिउँसो ननुहाउने श्रीमती घर फर्कने बेला बाहिरबाटै नुहाएर आएमा शंका गर्न सकिन्छ । अर्थात घरमै आएर पनि छिटोछिटो नुहाउन छिरेमा शंका गर्ने ठाउँ रहन सक्छ । तर काठमाण्डौ जस्ता धुलाम्मे नेपालका शहरमा यो अध्यय्नले गर्ने शंका सत्य हुन्छ भन्न सकिन्न । तर, के कारणले हो त्यो बुझ्नु आवश्यक छ । श्रीमतीको शरीरबाट यदी पुरुष गन्ध आएमा शंका गर्न मिल्ने आधार हुन सक्छ ।

औषत रुपमा अर्थात तुलनात्मक रुपमा श्रीमतीको व्यवहार फरक देखिएमा श्रीमती परपुरुषसँग सल्केको हुन सक्छ । तपाईँसँग आँखा जुधाएर बोल्ने श्रीमती शीर झुकाएर कुरा गर्न थालेमा, झर्कने, रिसाउने गरेमा आशंकाको मार्ग प्रशस्त हुन सक्छ ।

तुलनात्मक रुपमा एक्कासी श्रीमतीमा आउने यौन चाहना, तपाईंलाई खुुसी पार्न निस्क्रिय रुपमा यौन कार्यमा सहभागी भएमा श्रीमतीमाथि शंका गर्ने आधार हुन सक्छ । अर्थात तपाईको लागी सेक्स गर्दैछिन भने तपाईको श्रीमतीले आफ्नो यौन चाहाना परपुरुषसँग पुरा गर्ने गरेको हुन सक्छिन् ।

फेसबुकबाट कमेन्ट गर्नुहोस्