सुचना तथा प्रशारण विभाग दर्ता नं.: ८५७/०७५/७६

लिफ्ट दिएर १६ बर्षिया किशोरीको गाडीमै बलात्कार

रसुवाकी १६ वर्षीया किशोरी बलात्कार गरेको आरोपमा प्रहरीले तीन जनालाई पक्राउ गरेको छ । पक्राउ पर्नेमा नुवाकोट जिल्लाको बेलकोटगढी नगरपालिका–६ का १९ वर्षीय दीपक खतिवडा, विदुर नगरपालिका–४ का संजीव कुमार गुप्ता र विदुरकेै २२ वर्षीय राज कुमार श्रेष्ठ रहेको प्रहरीले जानकारी दिएको छ ।

उनीहरुलाई प्रहरीले आइतबार पक्राउ गरेको हो । रसुवाको सदरमुकाम धुन्चेबाट टिमुरे जाँदै गरेको बा ४ ख ४३२ नम्बरको गाडीमा लिफ्ट मागेर गएकी किशोरीलाई याङयाङ खोलामा पुगेपछि गाडीभित्रै बलत्कार गरिएको थियो ।

गाडी रोकेर गाडी पछाडि सामान राखिएको ठाउँमा लगेर बलात्कार गरेको प्रारम्भिक अनुसन्धानबाट खुलेको छ । उनीहरूलाई टिमुरेबाट पक्राउ गरेर ल्याइएको र थप अनुसन्धान भइरहेको प्रहरी निरीक्षक रञ्जन अवालेले बताएका छन् ।

फेसबुकबाट कमेन्ट गर्नुहोस्