सुचना तथा प्रशारण विभाग दर्ता नं.: ८५७/०७५/७६

अप्रेसनमा लापरबाही, पेटमा फलामको टुक्रा

फाईल फोटो

सिराहा लहानकी शान्ति यादव पुस २६ गते स्थायी बन्ध्याकरण गराउन मेरी स्टोप सेन्टर लहान गइन् । त्यहाँ उनको शल्यक्रिया सम्पन्न भयो । तर घरमा पुगेपछि पेटको दुखाइ झन् बढ्यो ।

‘तीन दिनपछि पिसाब फेर्न जाँदा योनीबाट फलामको चोसो निस्कियो’ यादवले भनिन–‘मरे मरियोस् भनेर जोडले तान्दा फलाम निस्कियो ।
उनले घरका अन्य सदस्यलाई जानकारी गराईन ।

परिवारका सबै सदस्य यो निष्कर्शमा पुगे की, त्यो फलामको टुक्रा शल्यक्रिया गर्दा पेटमै अड्किएको रहेछ । घटनाबारे सुनेपछि शल्यक्रिया गरेका मेरी स्टोप्स सेन्टरका इन्चार्ज सुदीप श्रेष्ठ यादवको घरमा पुगे ।

श्रेष्ठले सुरुमा घटनाबारे केही बोल्न नमाने पनि अन्ततः शल्यक्रियाको क्रममा यादवको पेटमा औजार छुटेको स्वीकारेका छन् । यादव परिवारले भने लापरबाही गर्ने श्रेष्ठमाथि कारबाही हुनु पर्ने माग राखेको छ ।

फेसबुकबाट कमेन्ट गर्नुहोस्