सुचना तथा प्रशारण विभाग दर्ता नं.: ८५७/०७५/७६

सिके राउतलाई उचाल्ने बाबुराम र मानवअधिकारकर्मी

पाकिस्तानमा बंगालीहरुमाथि हुने जातीय र संस्थागत भेदभावको विरोध गरेपछि एकाएक चर्चामा आएका रहमान जस्तै तराईमा पनि वैज्ञानिक भइसकेको एउटा युवा कथित मधेशको अधिकारको लागि लागेपछि तराईमा उनीप्रतिको सहानुभूति बढेको थियो ।

उनले मुलुक विखण्डन सम्बन्धी गतिविधि गरिरहेकै बेलामा पक्राउ परे, तर उनी पक्राउ परेलगत्तै केही मानव अधिकारकर्मीको भेषमा रहेकाहरुले उनी निर्दाेष रहेको भन्दै तत्काल रिहा गर्न माग गरे ।

उनको गतिविधिलाई जायज भन्दै रिहा गर्न माग गर्नेहरुमा पद्मरत्न तुलाधर, दमननाथ ढुंगाना, वीरेन्द्र मिश्र, खगेन्द्र संग्रौला, सीके लाल, मल्ल के सुन्दर, कृष्ण भट्टचन, कृष्ण हाछेथु, हरि रोका, श्याम श्रेष्ठ, विजयकान्त कर्ण, पासाङ शेर्पा, राजेन्द्र महर्जन थिए ।

त्यस्तै झलक सुवेदी, धीरेन्द्र प्रेमर्षि, गणेश कुमार मण्डल, विमल अर्याल, तुलानारायण साह, अनुभव अजीत, उज्जवल प्रसाइँ, युग पाठक, चरण मानन्धर, राजेश अहिराज, रवि ठाकुर तथा ज्ञानु अधिकारी पनि थिए ।

राउतलाई निर्दाेष भन्दै रिहा गर्न माग गर्नेहरुमध्ये अधिकांश विवादित छवि भएका व्यक्तिका रुपमा मानिन्छन् । राउतको रिहाइका लागि माथि उल्लेख गरिएका २५ जना व्यक्तिहरुले संयुक्त रुपमा पहल गरेपछि राउतको चर्चा जताततै हुन थालेको हो ।

त्यसपश्चात मुलुक विखण्डन गर्न पाउनुपर्ने उनको मागलाई स्थान दिन तत्कालीन एमाओवादी नेता तथा हालका नयाँ शक्तिका संयोजक बाबुराम भट्टराईले आफू सभापति भएको संवैधानिक, राजनीतिक संवाद तथा सहमति समितिमा २०७१ भदौ ५ मा सिंहदरबारमै बोलाएर सुझाव दिन लगाए ।

भट्टराईको आग्रहअनुसार राउत सिंहदरबारमा उपस्थित भई नयाँ बन्ने संविधानमा राज्यबाट छुट्टिन पाउने ‘राइट टु सेप्रेशन’को व्यवस्था गर्न माग गरे । उनले सिंहदरबारमा राज्य छुट्टिन पाउने व्यवस्था संविधानमा उल्लेख गर्न सुझाव दिए लगत्तै पुन; आफ्ना गतिविधिमा निरन्तरता दिएका थिए ।

उनका गतिविधिलाई गलत भन्दै सुरक्षाकर्मीहरुले २८ भदौ २०७१ मा पक्राउ गरेपछि समितिका सभापति भट्टराईले नै आपत्ति जनाएका थिए । उनले राउतलाई पक्राउ गरेर राज्यले ठूलो गल्ती गरेको अभिव्यक्ति दिएका थिए ।

पूर्वप्रधानमन्त्री भइसकेको व्यक्तिले समेत राउतको विखण्डनकारी गतिविधिलाई प्रोत्साहन गर्दै बचाउमा लागेपछि राउत थप चर्चामा आएका थिए । तर स्रोत भन्छ, ‘राउतलाई चर्चामा ल्याउन भारतले नै नेपालका गन्यमान्यहरुलाई प्रयोग गरेको थियो ।’

सामान्य रुपमा मधेश टुक्र्याउन सम्भव नहुने भएकाले राउतलाई रहमानलाई जस्तै चर्चाको चुलीमा पु¥याउने र त्यसको आडमा पूर्वी पाकिस्तानकै शैलीमा मधेशलाई पनि अलग गर्ने योजनाअनुरुप राउतको प्लाण्ट गरिएको स्रोतको दाबी छ ।

सेनाको निश्कर्ष पनि राउत ‘प्लाण्टेड विखण्डनकारी’

नेपाली सेनाले केही समयअघि आफ्ना पृतनापतिहरुको बैठकमा तराईमा विखण्डनकारी गतिविधि भइरहेको भन्दै त्यसलाई रोक्नका लागि सरकारको निर्देशनमा परिचालन हुनसक्ने संकेत गरेको थियो । सेनाले राउतको विषयमा अध्ययन गरिरहेको जनाएको छ ।

आधिकारिक रुपमा सेनाले विखण्डनकारी गतिविधिबारे अध्ययन भइरहेको मात्र जनाए पनि सेनाको उच्च स्रोतले राउतका गतिविधि विखण्डनकारी रहेको भन्दै राउत कतैबाट ‘प्लाण्टेड’ भएको दाबी गरेको छ । सैन्य उच्च स्रोतले सिके राउत कहाँबाट ‘प्लाण्टेड’ भएका हुन् भन्नेबारे अध्ययन भइरहेको जनाएको छ ।

नोटः नेपाललाई अलग गर्ने गेम प्लानका गोटी सिके राउतका सैन्य गतिविधि, भारतीय खुफिया एजेन्सी रअको सक्रियता र पाकिस्तानमा पक्राउ परेका रअका अधिकारीबारे अब अन्तिम भागमा प्रकासीत गर्नेछौँ । हामीलाई फलो गर्दै गर्नुहोला ।

यो पनि पढ्नलाई सिफारीस गरिएको छ;

सिके राउतलाई प्रयोग गर्दै नेपाल टुक्र्याउने तयारी (भाग–१)

पाकिस्तान र नेपाल टुक्र्याउने गेम प्लानका समानता (भाग–२)

यस्ता छन, नेपाल टुक्र्याउने राउतका ८ प्रस्ताव (भाग–३)

फेसबुकबाट कमेन्ट गर्नुहोस्