क्यान्सर पिडित प्रिया गुरुङ्गको सहयोगका लागी अपिल
छबि मगर । क्यान्सर रोगबाट पिडित गोरखा जिल्ला साबिकको मान्बु गाविस घर भएकी प्रिया गुरुङ्गको उपचारका लागी आर्थिक सहयोग गरिदिन उनका बुवा सुर्य गुरुङ्गले सबैसँग अपिल गरेका छन । क्यान्सर रोगको उपचारका लागी राजीव गान्धी क्यान्सर हस्पिटल भारतमा रिफर गरिएकी गुरुङ्गको उपचारमा आर्थिक अभाव सिर्जना भएपछी उनका बुवाले सहयोगका लागी अपिल गरेका हुन ।
यसअघि गण्डकी मेडिकल कलेज पोखरामा उपचारका लागी भर्ना गरिएकी गुरुङ्गलाई हस्पिटलले नै राजीव गान्धी हस्पिटल भारतमा उपचारका लागी सिफारीस गरेको हो । प्रियाको उपचारका लागी १६ लाख भारतीय रपैयाँ लाग्ने राजीव गान्धी हस्पिटलले बताएको उनका बुवाले बताएका छन ।
पर्यटन क्षेत्रमा मजदुरी गरी परिवार पाल्दै आएका सुर्य गुरुङ्गलाई छोरीको उपचारका लागी आवश्यक रकम जुटाउन मुश्किल परेपछी उनले सबैसँग सकेको सहयोग गरिदिन आग्रह गरेका हुन । गोर्खाको साबिकको मान्बु गाविस घर भएका गुरुङ्ग परिवार हाल पोखरामा कोठा भाडामा बस्दै आएका छन ।
क्यान्सर रोग पिडित १९ बर्षिया प्रिया गुरुङ्ग पोखरास्थित जनप्रिय क्याम्पसमा स्नातक तहमा अध्ययनरत छिन । पोखरास्थित गण्डकी मेडिकल कलेजका अनुसार प्रिया गुरुङलाई नसा सम्बन्धी क्यानसर छ । प्रियाका एक बहिनि र एक भाई छन ।
क्यान्सर रोग पिडित प्रिया गुरुङ्गलाई आर्थिक सहयोग गरि उनको जिवन रक्षा गर्न चाहानेले प्रियाका बुवा सुर्यबहादुर गुरुङ्गलाई भारतको मोबाईल नं. +९१९९७१३९३१६६ मा सम्पर्क गर्न सकिने पारिवारिक स्रोतले जनाएको छ ।
फेसबुकबाट कमेन्ट गर्नुहोस्