टोक्योमा जापानवासी धादिङेको परिचय तथा भेटघाट
धादिङ समाज जापानले टोक्योको सिनओकुवो स्थित रोधि क्लवमा एक भव्य भेटघाट तथा परिचयात्मक कार्यक्रम सम्पन्न गरेको छ । बिभिन्न पेशा, व्यवसाय तथा अध्ययनको शीलशिलामा जापानमा रहेका धादिङेहरुबीच आत्मियता र भाईचारा वृद्दि गराउने उद्देश्यले कार्यक्रम आयोजना गरिएको बताईएको छ ।
कार्यक्रममा प्रवासमा रहँदा आईपर्ने समस्याहरु र तिनका सामूहिक निराकरण तथा धादिङको विकास प्रवद्र्धनका लागि के गर्न सकिन्छ भन्ने विषयमा छलफल भएको थियो ।
धादिङ समाज जापानका अध्यक्ष कृष्ण प्रसाद खनालको सभापतित्वमा भएको कार्यक्रममा एनआरएनए जापानका महासचिव तथा नेपाल पर्यटन बोर्डका जापानका लागि पर्यटन दुत अनुज थापा प्रमुख अतिथि रहेका थिए ।
त्यसै गरी, धादिङ समाज जापानका संस्थापक अध्यक्ष तथा वर्तमान सल्लाहकार तेज अर्याल, व्यवसायी डि.पी अर्याल र डा. होम बहादुर रिजाल विशेष अतिथिका रुपमा रहेका थिए ।
यसका साथै संस्थापक महासचिव राजेन्द्र श्रेष्ठका साथै भगवती उप्रेती, पदम गुरुङ, केशव अधिकारी, राजकुमार अधिकारी तथा श्याम सितल अतिथि रहेका थिए । संस्थाका महासचिव दिनेश लोहनीले सञ्चालन गरेको कार्यक्रममा उपाध्यक्ष बिनोद खतिवडा र सचिव बिमल श्रेष्ठले स्वागत मन्तव्य तथा कार्यक्रमबारे प्रकाश पारेका थिए ।
कार्यक्रममा प्रमुख अतिथि एनआरएनए जापानका महासचिव अनुज थापाले एनआरएनए र यसको भुमिका, डा होम बहादुर रिजालले जापानमा नेपाली विद्यार्थीहरुको समस्या, अवसर र चुनौती बिषयमा आफ्नो धारणा रखेका थिए ।
तेज अर्यालले होटल रेस्टरुेन्ट व्यवसाय र यसका सम्भावना, डि.पी अर्यालले जापानमा नेपाली व्यवसाय र चुनौती तथा राजेन्द्र श्रेष्ठले जापानमा रहेका नेपाली संघ संस्था र धादीङ समाज जापानको भुमिका विषयमा आफ्ना धारणा राखेका थिए ।
फेसबुकबाट कमेन्ट गर्नुहोस्