सुचना तथा प्रशारण विभाग दर्ता नं.: ८५७/०७५/७६

रुकुममा मतपेटीका बोकेको टोलीमाथी बम प्रहार

आइतबार रुकुममा निर्वाचन सकिएपछी मतपेटिका बोकेर सदरमुकाम फर्कँदै गरेको टोलीलाई लक्षित गरि बम प्रहार भएको छ । राति ९ः५० बजे मतपेटीका बोकेर सदरमुकाम खलंगा फर्कँदै गरेको टोलिमाथी चौरजहारी नगरपालिका–६ को घर्तीकाँडामा बम प्रहार भएको हो ।

उक्त टोलीले चौरजहारी नगरपालिकाका ६, १०, ११, १२, १३ र १४ नम्वर वडाका मतपेटिका बोकेको थियो । बम बाटो भन्दा केही माथी परेको थियो । बमले मतपेटिका र उक्त टोलीमा कुनै क्षति नपुगेको प्रहरीले जनाएको छ । बम प्रहार भएपछि मतपेटिका इलाका प्रहरी कार्यालय चौरजहारीमा नै राखिएको छ ।

ति मतपेटिकाहरु आज सदरमुकाम खलंगा ल्याउने तयारी भइरहेको प्रहरीले जनाएको छ । मंसिर २१ गतेपछि मत गणना हुने भएकाले सबै मतपेटिकाहरु जिल्ला सदरमुकाम खलंगास्थित जिल्ला समन्वय समितिको भवनमा राख्ने निर्णय गरिएको छ ।

निर्वाचन अधिकृतको कार्यालयका अनुसार मुसीकोट नगरपालिकाको १४, बाँफिकोट र त्रिवेणी गाउँपालिकाका १०÷१० र सानीभेरी गाउँपालिकाका ९ मतदान स्थलबाट मतपेटिका सदरमुकाम पुर्याईएको छ । चौरजहारी र आठविसकोट नगरपालिकाका १४÷१४ र सानीभेरी गाउँपालिकाका २ मतदान स्थलका मतपेटिका आज बेलुका सम्म सदरमुकाम ल्याइर्पुयाइनेछ ।

फेसबुकबाट कमेन्ट गर्नुहोस्