सुचना तथा प्रशारण विभाग दर्ता नं.: ८५७/०७५/७६

अविश्वासको प्रस्तावका पक्षमा बहुमत सांसद

व्यवस्थापिका संसदको भारी बहुमतले प्रधानमन्त्री निर्वाचित केपी शर्मा ओलीविरुद्धको अविश्वासको प्रस्ताव पनि भारी बहुमतले पारित हुने संकेत देखिएको छ । यसअघिका सत्तासाझेदार दलहरु सरकार छाडेर अविश्वासको प्रस्तावका पक्षमा उभिएपछी ओली सरकारविरुद्धको अविश्वासको प्रस्तावका पक्षमा बहुमत देखिएको छ ।

सत्तासाझेदार माओवादी केन्द्रले गत असार नै सरकारको समर्थन फिर्ता लिएर कांग्रेससँगको गठबन्धन तयार गरीसकेको थियो । पछील्लो संसदीय घटनाक्रमसंगै मधेसी जनअधिकार फोरम लोकतान्त्रिक, राष्ट्रिय प्रजातन्त्र पार्टी सहितका दलले सरकारलाई दिएको समर्थन फिर्ता लिएर प्रस्तावको पक्षमा मतदान गर्ने निर्णय गरेपछि ओलीको विपक्षमा पल्लाभारी बन्दै गएको हो ।

KP Oli Priminister of Nepal

अविश्वास प्रस्तावमा प्रधानमन्त्रीको जवाफ र निर्णयार्थ मतदान आज हुँदैछ । नेपाली कांग्रेससहित १३ दलको समर्थनमा असार २९ गते संसदमा दर्ता भएको अविश्वासको प्रस्तावका पक्षमा झन्डै ३ सय ७० मत पर्ने नेताहरुले गणीतीय दाबी गरेका छन् ।

प्रस्तावमाथि छलफल गरेपछि आज हुने मतदानमा ओलीविरुद्ध कम्तीमा ३ सय ६७ मत पर्ने कांग्रेस नेता विमलेन्द्र निधिले बताउनु भएको छ । संसदमा १९ दलले अविश्वासको प्रस्तावका पक्षमा मतदान गर्ने कांग्रेस, माओवादीको दाबी छ ।

फेसबुकबाट कमेन्ट गर्नुहोस्