सुचना तथा प्रशारण विभाग दर्ता नं.: ८५७/०७५/७६

एकै रातमा ६ जनाको मृ*त्यु, २० जना घा*ईते

पूर्वपश्चिम राजमार्गअन्तर्गत नवलपुरको कावासोती नगरपालिका–८ मा ट्रक र कार एकआपसमा ठो*क्किँदा कारमा सवार पाँच जनाको मृ*त्यु भएको छ । लु १ ख ८५३२ नम्बरको ट्रक र बा २१ च ६४०९ नम्बरको कार खरकट्टा जंगल क्षेत्रमा ठो*क्किँदा कारमा सवार ५ जनाको मृ*त्यु भएको हो ।

दुर्घनामा परी मृ*त्यु हुनेमध्ये नवलपरासीको देवचुली नगरपालिका १ केउरानीका ३५ वर्षीय दीपक भन्ने पूर्णबहादुर विक, देवचुली–५ का दिलबहादुर ढेंगा मगर र कैलालीका सुरज राना मगरको सनाख*त भएको छ भने अन्य २ जनाको सनाख*त हुन बाँकी रहेको प्रहरीले जनाएको छ । मृ*त्यु हुने पाँचै जना पुरुष रहेका छन् ।

Car Accident in Nawalparasi Nepal
दु*र्घटनामा परेको कार

जिल्ला प्रहरी कार्यालय नवलपरासी पूर्वका प्रहरी निरीक्षक अधिकारीका अनुसार राति १०ः१५ बजेको समयमा सो दुर्घ*टना भएको हो । प्रहरी निरीक्षक अधिकारीले भनेका छन्–‘ढोका फोडेर बाहिर निकालेर ग*म्भीर अवस्थामा चितवन पठाएका थियौं, उनीहरु पाँचै जनालाई अस्पतालले मृ*त घोषणा गरेको छ ।’ ठक्कर दिने ट्रकलाई प्रहरीले निय*न्त्रणमा लिएको छ ।

बस दुर्घटनामा चालकको मृ*त्यु, १५ घाइते
यस्तै नवलपरासीको मध्यविन्दु नगरपालिका–१० स्थित जंगलमा राति पौने दुई बजेतिर यात्रु बस दुर्घ*टना हुँदा एक जनाको मृ*त्यु भएको छ । दुर्घ*टनामा परी कम्तीमा १५ जना घाइते भएका छन् ।

दाङबाट काठमाडौं जाँदै गरेको ना ७ ख ८६४२ नम्बरको बस आफैं अनियन्त्रित भएर प*ल्टिँदा मकवानपुर घर भएका बस चालक ३५ वर्षीय लक्ष्मण तिमिल्सिनाको मृ*त्यु भएको प्रहरी निरीक्षक राजेन्द्रप्रसाद अधिकारीले जानकारी दिएका छन् ।

दुर्घटनामा घा*इते भएकाहरुमध्यै ४ जनाको नवलपुर अस्पताल, कालिगण्डकी अस्पतालमा १ जनाको र पुरानो मेडिकल कलेज चितवनमा १० जनाको उपचार भइरहेको छ ।

घा*इते हुनेहरुमा सल्यान कालीमाटी गाउँपालिका–४ बस्ने रामबहादुर ओली, सोही स्थानकै प्रकाश केसी र लेखराज केसी, सल्यानकै कपुरकोट गाउँपालिका–४ बस्ने दीपक पुन र कपुरकोट गाउँपालिका–३ बस्ने दल बहादुर ओली छन् ।

यसैगरी शैलेश्वरी गाउँपालिका–१ बस्ने रोहित चन्द, रोल्पाको गंगादेव गाउँपालिका–६ बस्ने नवलसिंह ओली र पूर्वी रुकुमको भुमे गाउँपालिका–८ बस्ने प्रेम बहादुर पनि घा*इते भएका छन् ।

यसैगरी दाङको तुलसीपुर उपमहानगरपालिका–१४ बस्ने बसका सहचालक सुजन बुढाथोकी, दाङ तुलसीपुर उपमहानगरपालिका–५ बस्ने ४० वर्षीय दुर्गा परीयार, सोही स्थान बस्ने २४ वर्षीय कल्पना परियार, तुलसीपुर–१ का प्रेम भुसाल पनि घा*ईते भएका छन् ।

घा*ईते हुनेमा पूर्वी नवलपरासीको विनयत्रिवेणी गाउँपालिका–१ बस्ने नरबहादुर श्रेष्ठ, सुनसरीको इनरुवा–१० बस्ने रिजवार आलम र गुल्मीका जगदीश अर्याल पनि भएको प्रहरीले जनाएको छ ।

यसैगरी सुर्खेतबाट काठमाडौं जाँदै गरेको ना ४ ख ९५१० नम्बरको बस मंगलबार बिहान पौने पाँच बजेतिर नवलपरासीकै मध्यविन्दु नगरपालिका–७ चालीस किलो भन्ने स्थानमा दुर्घटना हुँदा पाँच जना घा*इते भएका छन् । घाइ*तेहरुलाई उपचार गर्न चितवन पठाइएको छ । घा*इतेमध्ये दुई जनाको अवस्था ग*म्भीर रहेको प्रहरीको भनाइ छ ।

फेसबुकबाट कमेन्ट गर्नुहोस्