सुचना तथा प्रशारण विभाग दर्ता नं.: ८५७/०७५/७६

धनकुटा दुर्घटनामा मृत्यु हुने १५ पुगे

धनकुटाको परेवादीनमा पर्ने सिधुवामा बिहिबार भएको बस दुर्घटनामा परी मृत्यु हुनेको संख्या १५ पुगेको छ । सङ्खुवासभाको मुढेसनिश्चरेबाट धरान आउँदै गरेको बा २ ख ७३६६ नम्बरको बस ब्रेक फेल भएर बिहीबार साँझ सिधुवामा दुर्घटना भएको थियो ।

दुर्घटनामा घाइते भएका धरान–१७ का चेतबहादुर मगरको उपचारका क्रममा मृत्यु भएपछि मृतकको संख्या १५ पुगेको हो । घाइते मगरको विराटनगरस्थित नोबेल मेडिकल कलेजमा उपचारका क्रममा गएराति मृत्यु भएको प्रहरीले जनाएको छ ।

घटनास्थलमै मृत्यु हुनेमा धनकुटा हात्तीखर्क–५ घर भएका पूर्व अर्थ राज्यमन्त्री हरीराज सेवा, परेवादिन–७ की तारा बस्नेत, उनकी दुई वर्षिया छोरी रेश्मा बस्नेत, परेवादीन–५ की अतिमाया तामाङ, सुनसरी धरान–२ का बेदप्रसाद अग्रवाल र सनाखत हुन नसकेका अन्य दुई जना रहेका छन् ।

Dhankuta bus accident1

उपचारका क्रममा मृत्यु हुनेमा धनकुटा बुढीमोरङ–८ का सनम तामाङ, मारेकटहरे–३ का विरबहादुर काफ्ले, परेवादिन–५ की खिनामाया भट्टराई, तेह्रथुम फुलेक–६ का होम पौडेल र १२ बर्षिया होमा पौडेल, धरान–१७ बस्ने तेजबहादुर बस्नेत, संखुवासभा मादी– १ बस्ने टंक कटुवाल, संखुवासभा आखीभुई–९ बस्ने खगेन्द्र कार्की रहेको क्षेत्रीय प्रहरी कार्यालय, विराटनगरले जनाएको छ ।

उनीहरुको धरानमस्थित विपी कोइरला स्वास्थ्य विज्ञान प्रतिष्ठान र विजयपुर अस्पतालमा मृत्यु भएको हो । दुर्घटनामा परी घाईते भएकाहरुको धरानस्थित विपि कोईराला स्वास्थय विज्ञान प्रतिष्ठानमा उपचार भईरहेको छ । बसका कन्डक्टर परेवादिन–४, धनकुटाका विनोद घिमिरे, धनकुटा–७ का भोलामान थापा र संखुवासभा–१ का पुष्पलाल कटुवालको विराटनगरस्थित नोबल मेडिकल कलेजमा उपचार भईरहेको छ ।

?

?

प्रतिष्ठानमा उपचार हुनेमा मारेकटहरे–८ धनकुटाका विष्णु मगर, धरान–२ का मनोज पोद्दार, बसन्तपुर–४ तेह्रथुमका छिरिङ शेर्पा, धरान–१३ की निरमाया गुरुङ, परेवादिन–४ धनकुटाका विनोद घिमिरे, तामाफोक–६ संखुवासभाका भक्तबहादुर थापा, धरान–१६ का रमेश श्रेष्ठ, डाडाँगाउ धनकुटाका कला थापा, ओख्रे–९ तेह्रथुमका टंक भण्डारी रहेका छन् ।

त्यस्तै, लालीगुँरास नपा–४ बसन्तपुरकी अनिता पौडेल, बसन्तपुर–५ का दिनेश पौडेल, मारेकटहरे–४ का भेषराज अधिकारी, मुढे–८ संखुवासभाका सुजन रानामगर, साँघु–९ ताप्लेजुङका निमा छिरिङ शेर्पा, साँघुकै मनिषा अधिकारी, डाँडागाँउ धनकुटाका अनिश विक, तामाफोक–८ संखुवासभाका दीपक पौडेलको पनि उपचार भइरहेको छ ।

त्यस्तै धरान–२२ की ललिता लिम्बू, संखुवासभा–१ का पुष्पलाल कटुवाल, धनकुटा–७ का भोला थापा, फुलेक–४ तेह्रथुमका ठगेन्द्र पौडेल, माम्लिङ–७ संखुवासभाका राजन तामाङ, फुलेक–९ तेह्रथुमकी अनिता गुरुङ, डाडागाउँ धनकुटाका आयुष थापा, र तामाफोक–२ संखुवासभाका हर्कमायाँ तामाङको पनि प्रतिष्ठानमा उपचार भईरहेको छ ।

ब्रेकको हावाको पाइप फुटेको कारण बस दुर्घटनामा परेको उपचार गराईरहेका घाइतेले बताएका छन् । गाडीमा करिव ४५ देखि ५० जना यात्रु थिए । चालकले ब्रेक फेल भयो भनेपछी बस दुर्घटनामा परेको घाईतेहरुले बताएका छन् । बस सडकबाट करीब ३ सय मिटर तल खसेको प्रहरीले बताएको छ ।

फेसबुकबाट कमेन्ट गर्नुहोस्