ओलम्पिकमा गौरीका, दोस्रो चरणमा पुग्न असफल
रियो ओलम्पिकमा कान्छि खेलाडीका रुपमा सहभागीता जनाउँदै पौडीतर्फ महिलामा नेपालको प्रतिनिधित्व गरेकी गौरीका सिंह दोस्रो चरणमा पुग्न असफल भएकी छिन । महिला १०० मिटर ब्याकस्ट्रोकको हिट्स चरणमा आफ्नो समूहमा पहिलो भएकी गौरिका राष्ट्रिय कीर्तिमान सुधार गर्न र दोस्रो चरणमा पुग्न भने असफल भएकी हुन ।
आइतबार राति भएको खेलमा गौरिकाले निर्धारीत दुरी १ मिनेट ८.४५ सेकेण्डमा पार गर्दै ३१ औं नम्बरमा रहेकी हुन् । उनी दोस्रो राउण्डमा छनौट हुन ८ सेकेण्डले पछि परेकी हुन ।
तीन खेलाडी रहेको ‘हिट १’ मा शीर्षस्थानमा रहेकी उनी १ मिनेट ७.३१ सेकेन्डको आफ्नै राष्ट्रिय कीर्तिमान तोड्न पनि असफल भएकी छिन् । गौरीका ३४ खेलाडी सहभागि प्रतिस्पर्धाको प्रारम्भिक चरणबाटै बाहिरिएकी छिन् ।









फेसबुकबाट कमेन्ट गर्नुहोस्