सुचना तथा प्रशारण विभाग दर्ता नं.: ८५७/०७५/७६

प्रधानमन्त्रीले पठाए विशेष दुतलाई चीन

उपप्रधान एवं अर्थमन्त्री कृष्णबहादुर महरा प्रधानमन्त्रीका विशेष दूतका रुपमा सोमबार चीनतर्फ प्रस्थान गर्नुभएको छ । प्रधानमन्त्री पुष्पकमल दाहालका तीन सन्देश बोकेर चीन जानुभएका विशेष दुत महरा दुई दिन चीनमा रहनुहुने कार्यक्रम छ ।

चीन प्रस्थान गर्नु पूर्व सञ्चारकर्मीहरुसँग कुरा गर्दै महराले भ्रमणको उद्देश्य नेपाल र चीनको सम्वन्धलाई अँझ विस्तार गर्नु रहेको बताउनु भएको छ । विशेष दुतका रुपमा चीन जानुभएका उप–प्रधान तथा अर्थमन्त्री महराले लिएर गएका तीन सन्देश यस्ता छन् ।

१. नयाँ सरकार गठनमा भारतीय भूमिकालाई लिएर अनेक टीका टिप्पणी भइरहेकाले बिशेष दुतमार्फत त्यसलाई चिर्दै प्रधानमन्त्रीले आफ्नो सरकार चीनसँगको सम्वन्ध अझ मजबुत बनाउन चाहेको सन्देश दिन चाहानुभएको छ । आफ्नो नेतृत्वको सरकारलाई चिनियाँ सहयोग र सद्भाव होस भन्ने प्रधानमन्त्रीको चाहना छ ।

२. एमाले अध्यक्ष केपी शर्मा वली नेतृत्वको सरकारले चीनसँग गरेका १४ बुँदे सहमति लगायतका सन्धि सम्झौता कार्यान्वयन हुन्छन् भन्ने सन्देश पनि प्रधानमन्त्रीले दुतमार्फत पठाउनु भएको छ ।

नेपालको दीर्घकलीन हितमा रहेका सन्धि सम्झौता प्रचण्ड सरकारले कार्यान्वयन नगर्ने त होइन भन्ने धेरैमा आशंका रहेको छ । चीनले पनि सरकार परिर्वतनले सम्झौता कार्यान्वयनमा असर नपरोस भन्ने चाहेको छ ।

३. यसअघि वली सरकारका पाला तय भएको चिनियाँ राष्ट्रपतिको नेपाल भ्रमण सुनिश्चित गर्नु विशेष दुतको मुख्य सन्देश रहेको छ । चिनियाँ राष्ट्रपति सहितका उच्च नेताहरुलाई भ्रमणका लागी निम्तो पठाउँदै प्रधानमन्त्री दाहालले आफुहरु स्वागतका लागी तयार रहेको सन्देश विशेष दुत महरा मार्फत पठाउनु भएको छ । आगामी असोजका लागी तयारी गरिएको चिनिया राष्ट्रपति सी जिनपिङको नेपाल भ्रमणलाई सरकार परिर्वतनले कुनै असर नगरोस भन्ने चीनको चाहाना छ ।

फेसबुकबाट कमेन्ट गर्नुहोस्