कट्टु र गन्जीमा पक्राउ परे प्रबन्धक दास
एक किशोरीमाथि यौन दुव्र्यवहार गरेको अभियोगमा नेपाल आयल निगम भैरहवा वितरण केन्द्रका प्रवन्धक चित्तरञ्जन दास पक्राउ परेका छन् । भैरहवाको देवकोटा चोककी एक किशोरीलाई यौनजन्य दुव्र्यहार गरेको अरोपमा प्रवन्धक दासलाई पक्राउ गरिएको रुपन्देहीका प्रहरीले बताएको छ ।
पक्राउ परेका दास शुक्रबार साँझ वितरण केन्द्रकै कर्मचारी प्रकाण्ड मिश्रको भैरहवास्थित देवकोटा चोकमा रहेको डेरामा बस्न गएका थिए । उनले सोहि घरमा बस्दै आएकी १५ वर्षीया किशोरीलाई यौन दुव्र्यवहार गरेको प्रहरीले जनाएको छ ।
दास मातहतका कर्मचारी प्रकाण्ड ससुराली गएको बेला उनको डेरामा पुगेका दासले सोहि घरमा बस्दै आएकी किशोरीलाई ललाई फकाई कोठामा बोलाएर जबरजस्ती गर्न थालेपछि किशोरी चिच्याउँदा छिमेकीले थाहा पाएर दासलाई नियन्त्रणमा लिई प्रहरीलाई बुझाएका थिए ।
किशोरीमाथि यौन दुव्र्यवहार गरेको अभियोगमा पक्राउ परेका प्रवन्धक चित्तरञ्जन दास
एसपी बुद्धिराज गुरुङले प्रवन्धक दास पक्राउ परेको पुष्टि गर्नुभएको छ । यद्यपी एसपी गुरुङले किशोरीमाथि सामान्य हातपात भएको उजुरी प्रहरी समक्ष आइपुगेपछि नियन्त्रणमा लिइएको बताउनु भएको छ ।
प्रहरीले घटनाबारे अनुसन्धान भइरहेको भन्दै विस्तृत विवरण दिएको छैन । आयल निगम स्रोतका अनुसार उनी केहि साता पहिलेमात्रै निगमको काठमाडौंस्थित केन्द्रीय कार्यालयमा सरुवा पाएर रमाना पत्र बुझिसकेका थिए । गएराती समातिँदा उनी कट्टु र गन्जीमा मात्रै रहेको स्थानियले बताएका छन् ।
यसअघि पनि पटक पटक विवादमा तानिँदै आएका दासले भारतले नाकाबन्दी लगाउँदा ताका पेट्रोलमा घोटाला गरेको आरोप लागेको थियो । यस्तै सो बेला जिल्ला बजार अनुमगन टोलीका साथै क्षेत्रीय नापतौल तथा गुणस्तर कार्यालयलको संयुक्त टोलीले अनुगमन गर्दा पम्पमा तलमाथि गरेको पाइएपछि सिलबन्दीमा परेको थियो ।
पछि वितरण केन्द्रमा नयाँ मेसिनको जडान गरिएपछि सिलबन्दी खुलाइएको थियो । उनी पक्राउ परेसँगै छुटाउनका लागि निगमका उच्च अधिकारी लागिपरेको सुचना प्राप्त भएको छ । उता स्थानीयले कुनै पनि हालतमा अभियुक्तमाथि कडाभन्दा कडा कारबाही हुनुपर्ने माग गरेका छन् ।
फेसबुकबाट कमेन्ट गर्नुहोस्