मानव ओसारपसार काण्डमा जनजाति नेता
पूर्वसभासद तथा नेपाल आदिवासी जनजाति महासंघका पूर्व अध्यक्ष पासाङ शेर्पा र वर्तमान उपाध्यक्ष डन्डु शेर्पा अवैध मानव ओसारपसार काण्डमा मुछिएका छन् । शेर्पाद्धयले सांस्कृतिक कार्यक्रमको आवरणमा १३ जनालाई मेक्सिको हुँदै अमेरीका पुर्याएको पाईएको छ ।
मानव ओसारपसारमा संलग्न मानिएका शेर्पाद्धयले १३ जनाबाट तीन करोड ९० लाख रूपैयाँ असुलेको आरोप लागेको छ । कलाकारको आवरणमा उनिहरुले गैर कलाकारलाई मेक्सिको पुर्याई उतै छाडेर आएको बताईएको छ ।
हिमाल आदिवासी जनजातिको संस्कृति आदानप्रदान कार्यक्रममा सहभागी गराउन भन्दै उनिहरुले १३ जनालाई गत चैतमा मेक्सिकोमा आयोजित कार्यक्रममा लगेका थिए । जाँदा १५ जना गएपनि फर्कँदा उनीहरू दुई जना मात्र फर्किएका थिए ।
मेक्सिको छाडिएका १३ जना अमेरिका पुगिसकेका छन् । मानव ओसारपसारमा काण्डका आरोपि पासाङ शेर्पा पूर्व सभासद तथा नयाँ शक्ति नेपालका सचिवालय सदस्य समेत हुन् ।
फेसबुकबाट कमेन्ट गर्नुहोस्