मृत्यु हुने २२ पुगे, १७ को सनाखत (नामसहित)
शुक्रबार एकाबिहानै त्रिशुली नदिमा खसेर भएको बस दुर्घटनामा परी मृत्यु हुनेको संख्या २२ पुगेको छ । दिउँसो १ बजे एक महिलाको शव दुर्घटनाग्रस्त बसको पाङ्ग्राले किचिएको अवस्थामा भेटिएपछि मृतकको संख्या २२ पुगेको हो ।
दुर्घटनामा परी मृत्यु भएका मध्ये ७ जनाको सनाखत भएको प्रहरीले बताएको छ । बस बिहान ५ बजे नारायणगढ–मुग्लिन सडकखण्डको कालिखोला नजिकै त्रिशुली नदिमा खसेको थियो । बिहान गस्तीमा हिँडेको प्र्रहरी टोलीले बस नदिमा खसेको अवस्थामा भेटेको थियो ।
दुर्घटनामा मृत्यु भएकामध्ये कटारीया–९ रौतहटका ३४ वर्षीय व्रजकिशोर कुसवाहा, बसन्तपुर–१ का २५ वर्षीय गणेशकुमार साह, रौतहटकै महमदपुर–८ का २४ वर्षीय प्रमोद राम, रौतहटकै लौकाहाका राकेश यादवको पहिचान भएको छ ।
यसैगरी मधुवल्ला–६ का ३३ वर्षीय राजेशकुमार यादव, मधुवल्ला–३ का ३७ वर्षीय चितरञ्जन यादव र ठेगाना नखुलेको तर नेपाल खानेपानी संस्थानको कार्यालय सहायकको परिचयपत्र भएका जोकु साहको पनि पहिचान भएको छ ।
बस चालक लेखनाथ–११, कास्कीका लोकबहादुर पौडेल, कास्कीको झल्लीडाँडाका ४१ बर्षीय चित्रबहादुर बोहरा, भारत बिहारका ३६ बर्षीय फेकन ठाकुर र ३६ बर्षीय शंकर ठाकुर, भारत मोतिहारीका ४० बर्षीय रामसागर भगतको पनि पहिचान भएको छ ।
त्यसैगरी रौतहटको राजपुरका कामेश्वरप्रसाद साह, रौतहटको गरुडा १४–जयनगरका २६ बर्षीय शेष सहजित आलम, रौतहटको लौकाहा–२ का सचिन्द्रप्रसाद यादव, गौर–१३, सिर्सियाकी सन्ध्या श्रीवास्तव, रौतहटको इनरुवा–७ का ६५ वर्षीय जोगेन्द्र गिरीको पनि सनाखत भएको छ ।
मृत्यु भएका मध्ये ५ जनाको सनाखत भएको छैन । दुर्घटनामा १७ जना घाईते भएका छन् । रौतहटको गौरबाट पोखरा जाँदै गरेको ग १ ख ३७०९ नम्बरको बस चण्डिभञ्ज्याङ–६, कालिखोला भन्ने ठाउँबाट करीब एक सय मिटर तल त्रिशुली नदीमा खसेको थियो ।
फेसबुकबाट कमेन्ट गर्नुहोस्