कान समातेर यसरी उठबस गराउँछ प्रहरीले
यदी राजविराज जाँदै हुनुहुन्छ भने ख्याल गर्नुहोस् ! पिसावले च्याप्यो भनेर जहाँ पायो त्यहीँ पिसाब गर्नुभयो भने प्रहरीको फन्दामा पर्नुहोला । किनभने खुला ठाउँमा पिसाब फेर्नेलाई सप्तरी प्रहरीले ठाउँको ठाउँ सबैका सामु कान समातेर उठबस गराउने अभियान शुरु भएको छ ।
प्रदुषण र दुर्घन्ध फैलने भन्दै जिल्ला प्रशासन कार्यालय सप्तरीले यस्तो अभियान चलाएको हो । यसअघि सार्बजनिक स्थलमा पिसाब गर्नुहुन्न भन्ने बुझाउन गरिएको जनचेतना प्रभावकारी नभएपछि प्रशासनले कारबाही अभियान शुरु गरेको हो ।
सप्तरीका सहायक प्रमुख जिल्ला अधिकारी रामेश्वर अर्यालले जहाँ पायो त्यहीँ पिसाब फेर्ने बानीको विकास हुँदै गएपछि सचेत गराउने काम थालिएको बताउनु भएको छ । अर्यालले भन्नुभयो–‘महिला भएकै ठाउँमा पनि लाज पचाएर पिसाब फेर्नेहरु देखिएकाले सचेत बनाउने अभियान शुरु गरेका हौँ ।’
राजविराज नगरपालिका कार्यालय छेउ, रुपनी मोड लगायतका ठाउँमा सार्वजनिक शौचालय भएपनि सेवाग्राही तथा स्थानीयहरुले शौचालयकै छेउमा खुल्ला रुपमा पिसाब गर्ने गरेका छन् । खुल्लारुपमा जथाभावी पिसाब फेर्दा आसपासमा दुर्गन्ध फैलिएको छ ।









फेसबुकबाट कमेन्ट गर्नुहोस्