सुचना तथा प्रशारण विभाग दर्ता नं.: ८५७/०७५/७६

बुद्ध एयरमा स्याल ठोकीयो, ठाउँको ठाउँ मर्यो

buddha-air-atr-72

मंगलबार साँझ विराटनगरबाट आएको बुद्ध एयरको एटीआर ७२ नामक विमान अवतरण गरेर कोटेश्वर तर्फको अन्तिम ट्याक्सी–वेबाट छिर्दै थियो । जहाजले एउटा स्याललाई ठोक्यो । स्याल ठाउँको ठाउँ म¥यो ।

गुडिरहेको विमानका चालक शैलेश महतले एयर ट्राफिक कन्ट्रोलरलाई आफ्नो जहाज ट्याक्सी–वेमा पस्दै गर्दा स्यालसँग ठोकिएको जानकारी गराउनुभयो । चालकको जानकारीपछि विमानस्थलको रात्री सिफ्टका कर्मचारी र शुरक्षाकर्मी घटनास्थल पुगे ।

बुद्ध एयरको उक्त विमान र यात्रुलाई केही भएन । बुद्ध एयरका प्रबन्धक रुपेश जोशीका अनुसार, चालकले धावन मार्गमा दुइटा स्याल ककपिटबाट देखेका थिए । तीमध्ये एउटा स्यालको जहाजमा ठोक्किएर घटनास्थलमै मृत्यु भयो ।

यो घटनापछि त्रिभुवन अन्र्तराष्ट्रिय विमानस्थल मंगलबार दोस्रोपटक पुन; बन्द हुन गयो । विमानस्थलका प्रवक्ता प्रेमनाथ ठाकुरका अनुसार, बुद्ध एयरको विमानमा स्याल ठोकिएपछि विमानस्थल २२ मिनेट बन्द गर्नुर्पयो । प्रवक्ता ठाकुरले भन्नुभयो–‘धावनमार्गमा रगतैरगत थियो, ७ः३१ बजेदेखी ७ः५३ बजेसम्म धावनमार्ग बन्द गर्नुर्पयो ।’

यो घटनाका कारण ओमनको राजधानी मस्कटबाट काठमाडौं अवतरण गर्नै लागेको ओमन एयरको विमान भारतको लखनउ डाइभर्ट भयो । ओमन एयरका काठमाण्डु एयरपोर्ट सर्भिस म्यानेजर भरत श्रेष्ठले भन्नुभयो–‘जहाज होल्ड गर्न प्रयाप्त तेल थिएन, पाइलटले होल्डमा बस्नु भन्दा लखनउतर्फ जहाज फर्काए ।’

श्रेष्ठले भन्नुभयो–‘होल्डमा बस्नका लागि आठ मिनेटभन्दा बढीका लागि इन्धन थिएन ।’ यहीबेला कतारको राजधानीबाट आएको कतार र इतिहाद एयरलाइन्सका दुइ ओटा विमान होल्डमा परेका थिए ।

फेसबुकबाट कमेन्ट गर्नुहोस्