परराष्ट्र नीतिविपरीत भारतपरस्त सहमति
प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डले भारत भ्रमणका क्रममा नेपालको परराष्ट्र नीति विपरीत अन्र्तराष्ट्रिय मुद्दामा भारतसँग समान विचार र अन्र्तराष्ट्रिय मञ्चमा भारतको उम्मेदवारीको समर्थन गर्ने सहमति गरेको देखिएको छ ।
परराष्ट्र मामीला सम्बन्धी जानकारहरुले नेपालले लिँदै आएको तटस्थता र असंलग्न नीति विपरीत प्रधानमन्त्री दाहालले सो सहमति गरेको जनाएका छन् । संयुक्त राष्ट्रसंघको सुरक्षा परिषदमा स्थायी सदस्यको उमेदवारीका लागि नेपालले भारतलाई आफ्नो समर्थन दोर्होयाएको छ ।
प्रधानमन्त्री दाहाल र भारतीय प्रधानमन्त्री नरेन्द्र मोदी बीचको छलफल पछि शुक्रबार जारी गरिएको २५ बुँदे संयुक्त वक्तव्यको बुँदा नं ११ मा उल्लेखित विषयवस्तु नेपालको परराष्ट्र नीति विपरीत भारत परस्त भएको जानकारहरुको भनाइ छ ।
‘विकासशील देशवासीलाई प्रभावित पारिरहने संयुक्त राष्ट्रसंघको बृहत्तर सुधार लगायतका प्रमुख अन्र्तराष्ट्रिय मुद्दाहरुमा निकटतम सहकार्य गरी काम गर्न दुवै प्रधानमन्त्री समान दृष्टिकोण राख्दछन’ बुँदा नं ११ मा उल्लेख छ ।
फेसबुकबाट कमेन्ट गर्नुहोस्