सुचना तथा प्रशारण विभाग दर्ता नं.: ८५७/०७५/७६

‘जात र धर्म’का नाममा जनता नभड्काउ

पुर्व प्रधानमन्त्री तथा नेकपा एमालेका नेता माधवकुमार नेपालले आफ्नो पार्टी छिमेकीसँग सुमधुर सम्बन्ध राख्ने पक्षमा रहेको बताउँदै भारतले पनि त्यसको लागि पहल गर्नुपर्ने बताउनुभएको छ ।

‘हामी सम्बन्ध राम्रो गर्न चाहन्छौँ, तर एक हातले ताली बज्दैन,’ नेता नेपालले भन्नुभयो–‘हामीलाई पनि शत्रु कमाउनु छैन, त्यसका लागि पारस्परिक सम्वाद आवश्यक छ ।’

नेपाल आफ्नो समस्या समाधान गर्न आफैं सक्षम भएको बताउँदै उहाँले नेपाल सार्वभौमसत्ता सम्पन्न र भौगोलिक रुपमा अखण्ड मुलुक भएको छिमेकीले बुझ्नुपर्ने बताउनुभएको छ ।

Madhab Kumar Nepal

नेता नेपालले जात र धर्मको नाममा जनता उकास्ने र भड्काउने काम नगर्न नेकपा (माओवादी केन्द्र) र मधेशवादी दलहरुलाई आग्रह गर्नुभएको छ । त्यस्तो कामले स्वयम् पार्टी, जनता र राष्ट्रलाई हानी पुग्ने नेता नेपालले ताबी गर्नुभएको छ ।

एमालेलाई पाखा लगाएर संविधान कार्यान्वयन सम्भब नभएको भन्दै नेता नेपालले समझदारी कायम गर्न दाहाल सरकारसँग आग्रह गर्नुभएको छ । नेता नेपालले भन्नुभयो–‘शत्रुता कायम गरेर, दूरी बढाएर, एमालेलाई कम आँकलन गरेर संविधान कार्यान्वयन सम्भव छैन ।’

आईतबार बनेपामा स्कुलको बार्षिकोत्सवलाई सम्बोधन गर्दै नेता नेपालले भन्नुभयो–‘स्थानीय निकाय, प्रदेश र केन्द्रको निर्वाचनपछि संरचना खडा गरेर संविधान कार्यान्वयन गर्न दलहरुबीच समझदारी बनाउनु पर्यो ।’

फेसबुकबाट कमेन्ट गर्नुहोस्